२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

हुलाक बचत बैंकप्रति आकर्षण बढ्दो

२०७३, ७ माघ शुक्रबार ०६:४३

माघ ७, नेपालगन्ज । थोर थोरै रकम जम्मा गर्न सकिने तथा राम्रो ब्याजदर प्राप्त हुने भएपछि बाँकेमा सञ्चालित हुलाक बचत बैंकप्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको छ । 

जिल्ला हुलाक कार्यालयद्वारा सञ्चालित सो बैंकले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक बचतकर्तालाई चार प्रतिशत ब्याज उपलब्ध गराउँदै आएको छ । विसं २०६३ असोजदेखि सञ्चालनमा ल्याइएको सो बैंकमा गत मङ्सिरसम्म एक हजार ६६७ बचतकर्ता रहेका जिल्ला हुलाक कार्यालयका प्रमुख पुष्पराज श्रेष्ठले बताउनुभयो । 

‘हुलाक बचत बैंकमा खाता खोलौँ, बचत गर्ने बानी बसालौँ’ नारा रहेको सो बैंकमा रु १०० देखि रु १० लाखसम्मको खाता खोल्न पाउने व्यवस्था गरिएको छ । बैंकले साधारणतर्पm तीन र ज्येष्ठ नागरिक बचत खातामा चार प्रतिशत ब्याज उपलब्ध गराउँदै आएको छ । हुलाकका कर्मचारीले अनिवार्य खाता खोल्नुपर्ने जनाइएको छ । 

सो बंैकले यस वर्षको मङ्सिर मसान्तसम्म रु ९६ लाख मुनाफा आर्जन गरेको छ भने निक्षेप सङ्कलन रु आठ करोड ७४ लाख पु¥याएको छ । बैंकमा खाता खोल्नेको सङ्ख्या सहरको भन्दा ग्रामीण भेगका नागरिकको बढी छ । सो बैंकले हुलाकअन्तर्गतका कर्मचारीलाई आठ प्रतिशत ब्याजदरमा रु एक करोड ३७ लाख ऋण लगानी गरेको कर्मचारी साधुराम चौधरीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने