२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

माइकिङ सुविधा नहुँदा लुक्ला विमानस्थलका यात्रुमा अन्योलता

२०७३, ९ माघ आईतवार ०५:२९

माघ ९, सोलुखुम्बु । नेपालकै व्यस्त विमानस्थलको सूचीमा पर्ने पर्यटकीयस्थल लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा माइकिङ सुविधा नहुँदा यात्रु समस्यामा पर्ने गरेका छन् । 

पर्यटकीय मौसममा एकै दिनमा ८०÷९० वटासम्म उडान भर्ने सो विमानस्थलमा एकैपटक तीन÷चारवटा विमानले यात्रु चढाइरहेका हुन्छन् । यस्तो बेलामा आफू चढ्ने विमानको पहिचान गर्न नसक्नु, जहाज कतिबेला आउँछ, कतिबेला जहाजमा चढ्नेजस्ता सूचना नपाउँदा टर्मिनल भवनमा पर्खिरहेका यात्रु समस्यामा पर्ने गरेका हुन् । 

एकजना पर्यटन गाइड ल्हाक्पा नुरु शेर्पा भन्नुहुन्छ – “दुई चारवटा जहाज बसेका हुन्छन्, आफू कुनमा जाने हो सोध्दै दौडनुपर्छ, टर्मिनलमा पसेदेखि कर्मचारीलाई सोधिरहनुपर्छ, चर्पी जाँदा पनि कतै जहाज छुटिहाल्छ कि भन्ने डर हुन्छ ।” 

बिहानको समयमात्र उडानका लागि उपयुक्त रहेको सो विमानस्थलमा सबैजसो उडान कम्पनीले एकै समयमा उडान भर्छन्, यस्तो अवस्थामा विमानस्थलको टर्मिनलमा सयौँको भीड हुन्छ तर आफूले यात्रा गर्ने विमानमा कतिबेला चढ्ने भन्ने कुराको जानकारी नदिँदा आफूले टिकट लिएको कम्पनीको काउण्टर अगाडि कुरेर बस्नुपर्ने बाध्यता रहेको अर्का पर्यटन गाइड एकवीर कुलुङले बताउनुभयो । उहाँका अनुसार पर्खेर बस्नुपर्दा विदेशी पर्यटकले दिक्क मान्नुपरेको र कतिपय अवस्थामा सामान छुट्नेसमेत समस्या रहेको छ । 

माइकिङ सुविधा नहुँदा उडान भर्ने विमान कम्पनीलाई पनि उस्तै समस्या पर्ने गरेको छ । तारा एअरलाइन्स लुक्लाका इन्चार्ज फुनुरु शेर्पा भन्नुहुन्छ – “यसले हामीलाई पनि समस्या पर्ने गरेको छ, कुनैबेला विमान उड्ने बेलामा पनि हराएको यात्रु खोज्दा हैरान हुन्छ, विमान स्टार्ट भइसकेपछि यात्रु खोजेर ल्याउनुपरेको थुप्रै घटना भएका छन्”, केही वर्षअघि माइकिङ सेवा थियो तर पछि प्राविधिक समस्या आएकोे भन्दै नागरिक उड्डयन प्राधिकरणको कार्यालय लुक्लाले यो सेवा रोकेको हो । 

प्राधिकरणले समस्या समाधानको पहल भइरहेको बताए पनि वर्षौंदेखि सो विमानस्थलमा यात्रुले समस्या भोगिरहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने