१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

शिलान्यास भएको एक वर्ष बित्दा पनि अस्पतालको काम सुरु भएन

९ माघ २०७३, आईतवार ०५:३५

माघ ९, पाँचथर । पाँचथर र धनकुटाको सिमाना ६ नं बुधबारेमा एक वर्षअघि शिलान्यास भए पनि अहिलेसम्म महेन्द्रनारायण निधि अस्पतालको निर्माण कार्य सुरु हुन नसक्दा त्यस क्षेत्रका स्थानीयवासी निराश बनेका छन् । 

नेपाली काग्रेसका नेता स्व महेन्द्रनारायण निधिको नाममा बन्न लागेको अस्पतालको वर्तमान उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले एक वर्षअघि शिलान्यास गर्नुभएको थियो । 

अस्पताल निर्माण समितिका अध्यक्ष सोमनाथ दाहालको अहिलेसम्म अत्तोपत्तो नभएको र अस्पतालको सेयर निष्कासन गर्ने भने पनि स्थानीयवासीलाई भने केही जानकारी नगराएको स्थानीयवासीको गुनासो छ । 

यस विषयमा बुझनका लागि पटक पटक सम्पर्क गर्न खोज्दा पनि अध्यक्ष दाहालसँग सम्पर्क हुन सकेन । अहिले महेन्द्रनारायण निधिकै सुपुत्र विमलेन्द्र निधि उपप्रधान मन्त्री हुनु भएकाले अस्पताल बन्नेमा भने आशावादी रहेको स्थानीयवासी गणेश वाजी बताउनुहुन्छ । उहाँले भन्नुभयो – “वर्षात्का समयमा सवारी साधनसमेत सञ्ंचालन नहुने भएपछि स्टेचरमा बोकेर बिरामी अस्पताल लैजानुपर्ने बाध्यता रहेको छ ।” अर्का स्थानीयवासी कर्ण लिम्बू भन्नुहुन्छ – “यो अस्पताल बन्छ र हामी झापा, विराटनगर जानुपर्ने बाध्यता हट्छ होला भन्ने ठानेका थियाँै,तर शिलान्यास भएको लामो समय हुँदा पनि काम अघि बढ्न नसक्दा अस्पताल बन्छ भन्ने आश नै मरिसक्यो ।” 

यो अस्पताल बन्ने हो भने पाँचथर, धनकुटा, मोरङ र इलामका गरी झन्डै दुई दर्जन बढी गाविसका स्थानीय बासिन्दा लाभान्वित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह