२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एटिएमबाट रकम निकाल्ने दुई भारतीय पक्राउ

२०७३, ९ माघ आईतवार १५:०३

माघ ९, काठमाडौँ । अनधिकृत रुपमा बैंकको एटिएमबाट रकम निकाली ठगी गर्ने कार्यमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । 

भारतको चण्डीगढका २३ वर्षीय इक्तेदार खान र लक्ष्मीनगर, दिल्लीका ३३ वर्षीय निरञ्जन मेहतालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । दुवै जनाले एटिएम बुथमा गएर ‘मेरो पैसा निस्किएन, कसरी निकाल्ने हो सिकाइ दिनुहोस्’ भनी अन्य ग्राहकसँग सोध्ने गरेका पाइएको छ । 

ग्राहकले आफ्नो एटिएम प्रयोग गरी थोरै रकम निकालेर निकाल्ने तरिका सिकाएपछि ग्राहक निस्किना साथ उनीहरुले एटिमले सोधेको समय थप लिन चाहनुहुन्छ भन्ने मेनुमा गएर हुन्छ भन्ने बटम थिचि रकम निकाल्ने गरेको प्रहरीले जनाएको छ । 

कतिपय अवस्थामा इन्टरनेट सुस्त भएका बेलामा ग्राहकले रकम प्राप्त नभई छोडेर गएपछि तपाई थप समय लिन चाहनुहुन्छ भन्ने मेनुमा गई ‘हो’ भन्ने बटनमा थिचेर रकम निकाल्ने गरेका थिए । 

विगत एक महिनाको अवधिमा दुवै जनाले २० स्थानमा भएका बुथबाट रु छ लाखभन्दा बढी रकम ठगी गरेका थिए । पक्राउ परेका दुवै जनालाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा