१६ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

सिद्धबाबामा पहिरो रोक्न ‘रकनेट’ प्रविधिको परीक्षण सुरु

१० माघ २०७३, सोमबार ०६:२६

माघ १०, पाल्पा । पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्रमा पहिरो रोकथामका लागि ‘रकनेट’ प्रविधिको परीक्षण सुरु गरिएको छ । 

बर्सेनि १५/२० जनाको ज्यान लिँदै आएको सिद्धबाबा आसपासको पहिरो नियन्त्रणका लागि रकनेट प्रविधिको परीक्षण गर्ने काम सुरु गरिएको हो । 

सिद्धबाबादेखि दोभानसम्म चट्टानसहितको तीन किलोमिटर सडक पहिरोका कारण जोखमपूर्ण बन्दै गएपछि नियन्त्रणका लागि रकनेट प्रविधिको प्रयास थालिएको छ । सडकमाथिबाट खस्ने चट्टाने पहिरो सुरक्षित तरिकाले रोक्न नमुनास्वरुप ‘रकनेट’ (जाली) प्रविधिको जडान सुरु गरिएको छ । अहिले माथिल्लो सिद्धबाबा छरछरे नजिकै यो परीक्षणको काम भइरहेको छ । 

नमुना परियोजनाका रुपमा जियोटेक सोलुसन्स इन्टरनेसनल प्रालिले पहिरो रोकथामका लागि अस्ट्रियाको प्रविधि राख्न सुरु गरेको हो । प्रविधि जडान भएपछि प्रतिघन्टा एक सय किमीको गतिमा आएको एक टनको ढुङ्गा रोक्न सकिने भूगर्भविद् एवम् त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक इन्जिनियर डा रञ्जनकुमार दाहालले बताउनुभयो । जाली भिरमा अडाउनका लागि ड्रिलिङ मेसिनले प्वाल बनाउने काम भइरहेको छ । फागुन मसान्तसम्म जाली राख्ने काम सकिने उहाँले बताउनुभयो । 

परियोजनाका लागि रु ५२ लाख खर्च हुने अनुमान गरिएको छ । सडक डिभिजन कार्यालयको अनुमतिमा सबैभन्दा बढी पहिरो खस्ने छरछरेमा पहिरो नियन्त्रणमा उक्त विधिको प्रयोग गर्न लागिएको हो । विश्वका धेरै देशमा सफल मानिएको यो प्रविधि नेपालमा भने पहिलोपटक प्रयोग गर्न थालिएको हो । 

रकनेट प्रविधिमा माथिबाट झरेर आउने ढुङ्गालाई जालीले अडाएर राख्ने र सिधै सडकमा खस्न नपाउने हुँदा दुर्घटना न्यूनीकरणका लागि उपयोगी हुने विश्वास गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड नेप्से परिसूचक १० अङ्कले बढ्यो कानुनबमोजिम खर्च विवरण पेस गर्ने उम्मेदवार कालोसूचीमा नरहने आयोगद्वारा स्पष्ट इजरायलद्वारा वेस्ट ब्याङ्कमा चार जना प्यालेस्टिनीलाई पक्राउ ट्रम्पको दोस्रो कार्यकालमा पहिलोपटक भिटो विश्वकपको ट्रफी नेपालमा ल्याइने ‘पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेका छौँ’ निर्वाचन लोकतन्त्रको असल अभ्यास : गृहमन्त्री अर्याल जोहरान ममदानी न्युयोर्कको मेयर पृथ्वीराजमार्गको जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा गुनासा समाधान गर्न उल्लेखनीय काम भए : प्रजिअ अधिकारी खालिदा जियालाई राजकीय विदाइ ‘राष्ट्रिय एकता र मेलमिलापको महत्त्व अहिले पनि सान्दर्भिक छ’ अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल सुनचाँदीको मूल्य घट्यो अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन आजको मौसमकोः तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने हो : अध्यक्ष ओली ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग साउदी अरेबियाद्वारा यमनको बन्दरगाहमा हवाई आक्रमण, अबु धाबीलाई चेतावनी यस्तो छ, समानुपातिकको बन्द सूची