२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सहारा एकेडेमीको अक्षयकोषमा आठ लाख ७६ हजार थप

२०७३, १० माघ सोमबार ०६:३३

माघ १०, पोखरा । खेलकुदको माध्यमबाट सामाजिक सेवामा समर्पित ‘सहारा क्लब’ पोखराले एकेडेमी दिगो रुपमा सञ्चालन गर्ने उद्देश्यका साथ सुरु गरेको अक्षयकोषमा रु आठ लाख ७६ हजार थप भएको छ । 

रु दुई करोड पु¥याउने मुख्य लक्ष्यका साथ सुरु गरिएको सो कोषमा सहारा क्लब बुद्धिस कमिटी सेन्टर युकेद्वारा रु पाँच लाख २५ हजार र सहारा अस्ट्रेलियाबाट रु तीन लाख ५१ हाजर प्राप्त भएको हो । 

सहारा क्लब पोखराद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा सहारा युकेका अध्यक्ष मीनबहादुर गुरुङ र सहारा अस्टे«लियाका अध्यक्ष राजमान थकालीले सामूहिक रुपमा क्लबका अध्यक्ष वीरभद्र आचार्यलाई सो रकम हस्तान्तरण गर्नुभएको हो । 

कार्यक्रममा सहारा युकेका अध्यक्ष मीनबहादुर गुरुङले खेलकुदको माध्यमबाट क्लबले कठिन परिस्थितिका बालकको शारीरिक एवम् मानसिक विकासका लागि एकेडेमी सञ्चालन गर्नु प्रशंसनीय भएको बताउनुभयो । 

सहारा अस्ट्रेलियाका अध्यक्ष राजमान थकालीले क्लबले एकेडेमी सञ्चालन गर्दै सामाजिक सेवाका क्षेत्रमा गरेको योगदान सबैका लागि अनुकरणीय भएको बताउनुभयो । 

क्लबका अध्यक्ष वीरभद्र आचार्यले देश विदेशमा रहेका सहयोगी मनका कारण नै एकेडेमी सञ्चालन गर्न सकिएको बताउँदै दीर्घकालीन व्यवस्थापनका लागि अक्षयकोष सुरु गरिएको बताउनुभयो । 

कार्यक्रममा सहारा युकेका प्रमुख सल्लाहकार महेश गुरुङ, क्लबका उपाध्यक्ष केशवबहादुर थापा, महासचिव केशव बराल, कुशाङ्क गुरुङलगायतले सहारा क्लबले सुरु गरेको अक्षयकोषबाट एकेडेमीको सञ्चालनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

सोही कार्यक्रमा आहा रारा गोल्डकपका लागि द्वितीय पुरस्कारको प्रायोजन गरेका सहारा अस्ट्रेलियाका अध्यक्ष राजमान थकालीले रु दुई लाख ५१ हजारको चेक पनि हस्तान्तरण गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने