१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा ९८ प्रतिशत काम उपभोक्ता समितिबाट

१८ माघ २०७३, मंगलवार ०२:५०

माघ १८, डडेल्धुरा । डडेल्धुरामा विकास निर्माणका अधिकांश सार्वजनिक कार्य उपभोक्ता समितिबाट गरिने जनाइएको छ । 

डडेल्धुरामा सार्वजनिक तथा रु ६० लाखभन्दा कमका आयोजनामा खानेपानी, बाटोघाटो, सिँचाइ निर्माण, सडक खन्ने जस्ता ९८ प्रतिशत कार्य आम नागरिक तथा उपभोक्ता समितिबाट गरिने स्थानीय विकास अधिकारी ज्ञानेन्द्र पराजुलीले एक कार्यक्रममा खुलासा गर्नुभएको छ । 

प्राविधिकरुपले जटिल मानिने र रु ६० लाखभन्दा बढीका आयोजना मात्र टेन्डर प्रक्रियाबाट हुने र बाँकी सम्पूर्ण कार्य उपभोक्ता समिति र आम नागरिकबाट भइरहेका स्थानीय विकास अधिकारी पराजुलीले जानकारी गराउनुभयो । 

उपभोक्ता समितिबाट काम गराउँदा स्थानीयबासी आर्थिक रुपमा पनि सवल बन्दै गइरहेका र आफ्नो ठाउँमा भइरहेका विकास निर्माणका कार्य छिटोछरितो र पारदर्शी किसिमले भइरहेको जनाइएको छ । आफ्नो विकास निर्माणको काम आफैँले गर्न पाउँदा स्थानीय मानिस पनि खुसी हुनुका साथै अपन्वत्वको भावना जाग्रित भई काम पनि गुणस्तरीय हुने गरेको उपभोक्ताको भनाइ रहेको छ । 

जिल्लाका अधिकांश भागमा निर्माणाधीन अवस्थामा रहेका विकास निर्माणका कार्य तीव्रगतिमा भइरहेको समेत जिल्ला प्राविधिक कार्यालय डडेल्धुराका सहायक सव इन्जिनियर टेकबहादुर भण्डारीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै