१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुममा पुथा र उत्तरगङ्गा गाउँपालिका जोडिएकोमा विरोध

१८ माघ २०७३, मंगलवार ०५:२८

माघ १८, रुकुम । स्थानीय तह पुनःसंरचना सहयोग समिति र जिल्लामा रहेका राजनीतिक दलको सहमतिअनुसार बनाएका गाउँपालिका काटिएको भन्दै पूर्वी रुकुमका तीन गाविसका स्थानीय आन्दोलित भएका छन् । 

प्राविधिक सहयोग समिति र राजनीतिक दलको सहमतिमा बनाएको पुथा गाउँपालिका र उत्तरगङ्गा गाउँपालिकालाई आयोगले एउटै गाउँपालिका बनाएपछि स्थानीय सङ्घर्ष समिति बनाएर आन्दोलित भएका हुन् । 

पूर्वी रुकुमका रन्ममैकोट, हुकाम र जाङका ८ र ९ नम्बर वडालाई मिलाएर पुथा गाउँपालिका बनाइएको थियो । आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा पुथा गाउँपालिका र उत्तरगङ्गा गाउँपालिका एउटै बनाएर पुथा उत्तरगङ्गा गाउँपालिका बनाएको भन्दै सङ्घर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । 

स्थानीय तह पुनःसंरचना गर्दा जिल्लामा रहेका राजनीतिक दल र प्राविधिक समितिले बनाएको भन्दा आयोगले फरक बनाएर आफूहरुलाई अन्याय गरेको सङ्घर्ष समितिका संयोजक केशरमान रोकाले जानकारी दिनुभयो । गाउँपालिकाको लागि पर्याप्त आधार हुँदाहुँदै पनि आयोगको कार्यविधि र मापदण्डविपरीत दुईवटा गाउँपालिकालाई जोडेर एउटै बनाएर ठूलो अन्याय गरेको सङ्घर्ष समितिका संयोजक रोकाको भनाइ छ । 

स्थानीय तह पुनःसंरचना आयोगले सरकारले प्रतिवेदन बुझाएसँगै यसरी दिनप्रतिदिन आन्दोलन चर्कन थालेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह