माघ १९, ताप्लेजुङ | जिल्ला अस्पताल ताप्लेजुङमा अति आवश्यक औषधिको अभाव देखिन थालेको छ । 

सरकारले बेलाबेलामा औषधिको अभाव हुन नदिन कर्मचारीलाई निर्दे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १९, ताप्लेजुङ | जिल्ला अस्पताल ताप्लेजुङमा अति आवश्यक औषधिको अभाव देखिन थालेको छ । 

सरकारले बेलाबेलामा औषधिको अभाव हुन नदिन कर्मचारीलाई निर्दे"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

जिल्ला अस्पताल ताप्लेजुङमा सिटामोल अभाव

१९ माघ २०७३, बुधबार ०३:०२

माघ १९, ताप्लेजुङ | जिल्ला अस्पताल ताप्लेजुङमा अति आवश्यक औषधिको अभाव देखिन थालेको छ । 

सरकारले बेलाबेलामा औषधिको अभाव हुन नदिन कर्मचारीलाई निर्देशन दिने गरे पनि केन्द्रबाट नै प्रदान हुने निःशुल्क औषधि पाँच महिना अघिदेखि नआउँदा औषधिको अभाव देखिन थालेको हो । 

जिल्ला अस्पताल स्रोतका अनुसार अहिले मेट्रो, सिटामोलजस्ता अति आवश्यक औषधिकै अभाव सिर्जना भएको छ । अस्पतालमै औषधि नभएपछि ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा पनि औषधि प्रदान गर्न नसकिएको बताइएको छ । 

केन्द्रबाट प्राप्त हुने औषधि पाँच महिनादेखि नआएपछि जिल्लास्तरबाट नै खरिद गरिएका ३३ प्रकारका औषधि पनि सकिन लागेको जनाइएको छ । थप औषधि खरिदका लागि खरिद आदेश लिनुपर्ने भएकाले समस्या देखिएको छ । 

ग्रामीण क्षेत्रका कतिपय स्वास्थ्य संस्थामा औषधि नपाउँदा स्थानीय मारमा परेका छन् भने जिल्ला अस्पताल भित्रै औषधि नपाएपछि बाहिर किन्नुपर्ने बाध्यता भएको सर्वसाधारणको गुनासो छ । 

सरकारले जिल्ला अस्पतालबाट ७० प्रकारका औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ भने प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ र स्वास्थ्य चौकीबाट ३५ प्रकारका औषधि प्रदान गर्दै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ