२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

मुसहर बस्तीमा निःशुल्क स्वास्थ्य शिविर

१९ माघ २०७३, बुधबार ०३:०३

माघ १९, महोत्तरी | महोत्तरीको बर्दिबास नगरपालिका–२ स्थित मुसहर बस्तीमा पहिलोपटक औषधिसहितको स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

मङ्गलबार सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा सो समुदायका १२५ जनाले स्वास्थ्य परीक्षण गराए । 

पछिल्लो तीन दिनयतादेखि तराईमा बढेको कठ्याङग्रिँदो जाडोले गर्दा स्थानीयको जनजीवन कष्टकर भएपछि रेडक्रस सोसाइटी उपशाखा बर्दिबासको पहलमा २५ प्रकारका औषधि बोकेर बर्दिबासको सरकारी अस्पतालका डा राकेश यादवको टोली बस्तीमा पुगेको थियो । 

सो शिविरमा न्यानो स्पर्श, बर्दिबास अस्पताल र जनसेवा हस्पिटल बर्दिवासले स्वास्थ्य शिविरमा निःशुल्क रुपमा औषधि उपलब्ध गराएका थिए भने ४० प्रकारका औषधि स्वास्थ्य परीक्षण गरेर वितरण गरिएको बर्दिवास सरकारी अस्पतालका जनस्वास्थ्य निरीक्षक मीनबहादुर सेनले बताउनुभयो । 

वैशाखसम्म चल्ने सो बस्तीको निर्माण कार्य अवधिभरमा हप्तामा एक दिन मुसहर बस्तीमा निःशुल्क औषधि र स्वास्थ्य परीक्षणका लागि डाक्टर पठाउने व्यवस्था मिलाइएको बर्दिवास सरकारी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट विधानचन्द्र झाले बताउनुभयो । 

करिब ६७ वर्षदेखि बर्दिवासमा बसोबास गर्दै आएका सो मुसहरको बस्तीमै स्वास्थ्यकर्मी पुगेर उनीहरुको स्वास्थ्य जाँच गरेर निःशुल्क औषधि वितरण गरेको यो पहिलोपटक भएको सामाजिक अभियन्ता एवम् पत्रकार राजकरण महतोले बताउनुभयो । 

स्वास्थ्य उपचारपछि चिसोमा ज्यान जोगाउन सहज हुने भन्दै मुसहर हर्षित भएको महतोले प्रतिक्रिया दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान