२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

साउदी अरबबाट दुई महिना बित्दा पनि शव आएन

२०७३, १९ माघ बुधबार ०३:०५

माघ १९, राजविराज | वैदेशिक रोजगारीका लागि सप्तरीबाट साउदी अरब गएका एक व्यक्तिको मृत्यु भएको दुई महिना भएपनि शव नेपाल आउन सकेको छैन । 

सप्तरीको वभनगामाकटृी गाविस–३ तोपा निवासी बहादुर मण्डलको मृत्यु भएको आज दुई महिना भइसक्दा पनि अहिलेसम्म शव घर नआउँदा परिवारमा रुवावासी भएको पारिवारिक स्रोतले जनाएको छ । 

फुसको छानो भएको घरलाई पक्की बनाउने तथा छोराछोरीको भविष्य राम्रो बनाउने र शिक्षादीक्षा दिने उद्देश्यले साउदी पुगेका मण्डलको दुई महिना अगाडि पेट दुःखेपछि अस्पताल भर्ना गरेपनि उनको मृत्यु भएको थियो । 

काठमाडौँस्थित प्रिसियम इन्टरनेसनल प्रालि’ नामक म्यानपावरमार्फत साउदी अरब गएका मण्डलको शव नआउँदा परिवारमा रुवावासी हुनुका साथै घरमा दुई छोरी र एक छोराको शिक्षादीक्षा तथा पालनपोषणमा समेत समस्या भइरहेको उनकी श्रीमती विमलादेवीले गुनासो गरेकी छिन् । 

मृत्यु भएलगत्तै सम्बन्धित निकायलाई जानकारी दिँदा पनि हालसम्म आफ्नो श्रीमान्को शव नेपाल आउन नसकेको विमलादेवीले बताइन् । 

यता बहादुरको दुई महिनादेखि शव नआउँदा अधिकांश पुरुषले कपाल काटेका छैनन् भने उनको सद्गत नहुँदा गाउँमा रहेका छ परिवारमा धार्मिक कार्यसमेत रोकिएको वैदेशिक रोजगारसम्बन्धी काम गर्ने सवल नेपालका कार्यक्रम अधिकृत चन्दन यादवले जानकारी दिनुभयो । 

यसैबीच, मृतकको परिवारले सम्बन्धित निकाय र नेपाल सरकारलाई शव ल्याइदिन आग्रहसमेत गरेको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने