२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

५५ वटा भुसियाहा कुुकुरको बध्याकरण

२० फाल्गुन २०७२, बिहीबार ०४:१९

फागुन १९, परासी । नवलपरासीमा भुस्याहा
कुकुर नियन्त्रणका लागि पशु सेवा कार्यालयले दुईदिने कुकुरको बध्याकरण शिविर सञ्चालन गरेको छ । रामग्राम
नगरपालिका, नेपाल पत्रकार महासंघ जिल्ला शाखाको समन्वयमा पशु सेवा कार्यालयले कार्यालयमा सो शिविर
सञ्चालन गरेको हो ।

जिल्लामै पहिलो पटक यस दुई दिने शिबिरमा ५५
वटा भाले र पोथी कुकुरको बध्याकरण गरिएको बरिष्ठ पशु विकास अधिकृत शंकर शाहले जनाकारी दिनु भएको छ ।
कुकुर मार्दा पशु अधिकारकर्मीको विरोध हुने र नियन्त्रण नगर्दा भुस्याहा कुकुरको विगविगिले जिल्लामा
अधिकांश मानिसहरु घाईते र रेबिजका शिकार भईरहेका छन् । बढदो कुकुरको संख्या घटाउन र रेबिजको उच्च
जोखिममा रहेको यो जिल्लालाई रेबिज मुक्त बनाउन अभियान शुरु गरिएको अधिकृत शाहले बताउनु भयो ।
kukur

कुकुर मारेर कुकुरको अन्त नहुने तर रेबिज विरुद्धको खोपले रेबिज नियन्त्रण
र बध्याकरण गर्दै कुकुरको संख्या घटाउन सकिने भएका कारण पशु सेवा कार्यालयले हिमालयन एनिमल रेस्क्यु टिप
( हार्ट) नामक संस्थाको प्राविधिक सहयोगमा यो शिबिर संचालन गरेको पशु कार्यायले जनाएको छ । एउटा पोथी
कुकुरले सरदर ५ वटा बच्चा जन्माउछ ।

भालेलाई बध्याकरण गर्दा
अन्यत्रबाट भाले आएर कुकुर जन्माउन सक्ने तर पोथीलाई बध्याकरण गरे पछि बाहिरबाट आए पनि संख्यामा बृद्धि
नहुने हुदा भालेभन्दा पोथी कुकुरको बध्याकरण बढि गरिएको कार्यालयले जनाएको छ । मधेशका २२ जिल्ला मध्ये
कुकुर बध्याकरण शिविर सञ्चालन गर्ने नवलपरासी तेश्रो जिल्ला हो । पहिलो पटक झापा र दोश्रो पटक चितवनमा
कुकुर बध्याकरण शिविर संचालन गरि सकिएको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का