२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

नयाँ शहरको साखा सडकमा ट्रयाक खोल्ने काम सुरु

२०७३, २० माघ बिहीबार ०३:३१

कृष्ण कँडेल, माघ २०, बागलुङ । बुर्तिबाङ नयाँ शहर आयोजनाको ईलाका प्रहरी कार्यालय बुर्तिबाङ देखि ईलाका प्रसाशन चोक सम्मको साखा सडक विस्तार र स्तरोन्नतीका लागि बुधबार देखि ट्रयाक खोल्ने कार्य सुरु गरिएको छ । 

सडकको दायाँ बाँयाका जग्गा धनीहरुले सडकमा पर्ने जग्गा छाड्ने विषयमा सहमती हुननसक्दा रोकिएको सडक निर्माणको काम स्थानिय रुपमा क्रियाशिल राजनितिक दलका अगुवाको सहभागीतामा समन्वय गरि सुरु गरिएको हो । 

सडक विस्तार क्षेत्रमा पर्ने २ मिटरको कुलोलाई आधार मानेर त्यसको दायाँवायाँ २÷२ मिटर लिने गरि ६ मिटरको सडक निर्माण गर्ने गरि राजनितिक दलका प्रतिनिधि र जग्गा धनीको उपस्थितीका सहमती गरेर काम सुर गरिएको बुर्तिबाङ नगरविकास समितिका अध्यक्ष अर्जुन सेरचनले जानकरी दिनुभयो । 

नयाँ शहर आयोजना अन्तरगत चालु आर्थिक बर्षमा स्विकृत भएको बजेटबाट साखा सडक विस्तारको काम गर्ने गरि गत असोजमा धुलिखेल आत्रेय जेभिसँग ठेक्का सम्झौता भएपनि जग्गाा धनीसँग कुरा नमिल्दा अहिले सम्म काम सुरु हुने सकेको थिएन । 

जग्गा धनीहरुले आफ्नो जग्गा तथा भौतिक संरचना बचाईदिन नगरविकास समितिमा निवेदन समेत दिएका थिए । 

निवेदन दिएका मध्य केहि जग्गा धनीसँग आजै छलफल गरिएको र बाँकी सँग भोली छलफल गरेर काम तिब्र रुपमा अघि बढाईने अध्यक्ष सेरचनले जानकारी दिनुभयो । 

बुर्तिबाङ नयाँ शहर आयोजनाको काम अपेक्षाकृत हुन नसकेर आयोजना फिर्ता हुन सक्ने चर्चा विच विवादित ठाउँमा सहयोग र समन्वय गर्न हिजो मात्र स्थानिय रुपमा क्रियाशिल राजनितिक दलका प्रतिनिधि रहेको सहयोग समन्वय समिति गठन भएको थियो । 

नगर विकास समिति, हिजो गठन राजनितिक समितिका सदस्य, नयाँ शहर आयोजनाका प्राविधिक तथा जग्गा धनी विच छलफल पछि सडकको मापदण्ड अनुसार काम अघि बढाउने सहमती गरिएको नेकपा माओवादी केन्द्रका नेता चन्द्र अर्यालले जानकारी दिनुभयो । 

स्थानिय रुपमा विकासको काम हुन नसक्ने र बजेट समेत खर्च नहुने अबस्था आए नयाँ शहर बुर्तिबाङबाट फिर्ता हुने चिन्ता सहित नगरविकास समिति, स्थानिय राजनितिक दल तथा सम्पुर्ण सरोकारवालाको थप सक्रियातामा काम अघि बढाउने निर्णय मंगलबार मात्र भएको बैठकले गरेको थियो । 

त्यसको भोली पल्टदेखि नै बुर्तिबाङ बाजरको विचबाट निर्माण हुने साखा सडकको काम सुरु गरिएको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने