१७ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

प्रभावित वासिन्दाविच बजेट तानातान

२१ माघ २०७३, शुक्रबार ०२:२२

कृष्ण कँडेल/माघ २१, बागलुङ । गत साउनको बाढिले कटान गरेको बुर्तिबाङ बाजरको तटिय क्षेत्रमा तटबन्धका लागि निर्वाचन क्षेत्र विकाश पुर्वावाधर विशेष कार्यक्रम मार्फत काम हुने भएको छ । 

सरकारबाट निर्वाचन क्षेत्रको पुर्वाधार विकास कार्यक्रमका लागि प्राप्त हुने ३ करोड बजेट मध्ये सांसद ज्ञानकुमारी छन्त्यालले बुर्तिबाङ बाजरको तटबन्धका लागि ४० लाख विनियोजन गर्नुभएको छ । स्थानियवासीले ८ लाख रकम बराबार जनश्रमदान गर्नुपर्ने व्यवस्था छ । 

यो बजेटबाट काम गरिने विकास योजना छनोट समितिको संयोजक सम्वन्धित निर्वाचन क्षेत्रको प्रत्यक्ष निर्वाचित सांसद संयोजक रहने कानुनी व्यवस्था छ । 

शेरा तर्फ जाने झोलुङ्गे पुलदेखि बुर्तिबाङ बाजर तर्फको खोला किनारबाट गाविस कार्यालय, लक्ष्मी कुण्डघाट कबर्डहल हुँदै चुरेलाबाससम्म बढि जोखिम भएका ठाउँमा तटबन्ध गर्ने गरि बानबहादुर छन्त्यालको अध्यक्षतामा तटबन्ध निर्माण समिति गठन गरेर काम सुरु गर्ने तयारी भएको छ । 

समितिका अध्यक्ष छन्त्याल सहितको टोली योजना सम्झौताका लागि बागलुङ बजार गएको सचिव सोमबहादुर पौवि यामुले जानकारी दिनुभयो । उहाँले तटबन्ध निर्माणको काम उपभोक्ता समिति मार्फत हुने भएकाले निर्माण सामग्री जुटाउने लगायतका तयारी सुरु भईसकेको र सम्झौता पछि बजेटले पुग्ने ठाउँमा काम तत्काल सुरु हुने बताउनुभयो । 

तर बुर्तिबाङ बाजरदेखि पारी टारिखेत तर्फ खोला किनारका बासिन्दाले आफुहरुको क्षेत्र तिर पनि उच्च जोखिम रहेकोमा वेवास्ता गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । 

त्यहाँका स्थानिय अगुवा धनबहादुर खत्रीले पहुँच हुनेले आफुहरुसँग छलफल नै नगरि आफ्नो क्षेत्रमा मात्र बजेट हालेको बताउनुभयो । उहाँले जुनसुकै बजेटबाट भएपछि आउने बर्षात् अघि नै काम हने गरि योजना पारिदिन यसअघि भएको ईलाका गोष्ठिमा लिखित निवेदन दिएको बताउनुभायो । 

यस अघि बुर्तिबाङ नयाँ शहर आयोजनाका प्राविधिकले सर्वे गर्दा बुर्तिबाङ बजारलाई तटबन्ध गरि न्युनतम रुपमा सुरक्षित गर्नका लागि झण्डै २७ करोड बजेट आवश्यक पर्ने देखिएको थियो । 

खोलाका आएको बाढिले कटान गरेर उच्च जोखिमा रहेको बुर्तिबाङ बाजर जोगाउन निर्वाचन क्षेत्र विकाश पुर्वाधार विकास कार्यक्रम बाट ४० बजेट परेपछि सवै तर्फबा प्रभावित बासिन्दाले आफ्नो क्षेत्रमा काम हनुपर्ने माग गर्दै आएका छन् । 

कटान भएको क्षेत्रमा रहेका खोला किनारमा शेरा तर्फ जाने पुल, न्युमोर्डन एकेमेमी, लक्ष्मी कुण्डघाट, कबर्ड हल, बजार पारी टारिखेत लगायतका ठाउँमा घर, बस्ती र विद्यालय उच्च जोखिममा छन् । जोखिमा रहेको बुर्तिबाङ बाजर जोगाउन प्रयाप्त बजेट र कार्यक्रम नहुँदा छुट्टिएको थोरै रकमममा स्थानिय विच तानातान हुने गरेको छ । 

उच्च जोखिम भएको ठाउँमा काम गर्ने गरि ४० लाख बिनियोजन भएको र त्यसले सवैतिर नपुग्ने भएकाले प्रभावित क्षेत्रका बासन्दिासँग समन्वय गरेर सबै भन्दा बढि जोखि रहेको ठाउँमा बजेट खर्च हुने सांसद ज्ञानकुमारी छन्त्यालका स्वकिय सचिव सगर छन्त्यालले जानकारी दिनुभयो । 

स्थानिय विकास अधिकारी रामप्रसाद आचार्यले स्थानिय समस्यामा प्राथमिकताको आधारमा सम्बन्धित क्षेत्रको सांसदले तोकेको ठाउँमा काम गर्ने कानुनी व्यवस्था भएकाले सांसद् मार्फत छनोट हुने योजनामा बजेट कार्यान्वय हुने जानकारी दिनुभएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छः सञ्चारमन्त्री खरेल डा भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार वर्तमान सरकारले निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्नेछः गृहमन्त्री अर्याल क्रान्स मोन्टानामा बार आगलागी, करिब ४० को मृत्यु युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते आयोगद्वारा समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग छलफल अमेरिकाद्वारा भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका गोली लागेर एक जनाको मृत्यु भरुवा बन्दुकसहित पाँच जना पक्राउ सुनचाँदीको मूल्य घट्यो नयाँ वर्ष सन् २०२६ सुरु समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने सरकार सुशासन कायम गर्न र चुनावतर्फउन्मुखः प्रधानमन्त्री कार्की गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री सिन्हा