२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

प्रभावित वासिन्दाविच बजेट तानातान

२०७३, २१ माघ शुक्रबार ०२:२२

कृष्ण कँडेल/माघ २१, बागलुङ । गत साउनको बाढिले कटान गरेको बुर्तिबाङ बाजरको तटिय क्षेत्रमा तटबन्धका लागि निर्वाचन क्षेत्र विकाश पुर्वावाधर विशेष कार्यक्रम मार्फत काम हुने भएको छ । 

सरकारबाट निर्वाचन क्षेत्रको पुर्वाधार विकास कार्यक्रमका लागि प्राप्त हुने ३ करोड बजेट मध्ये सांसद ज्ञानकुमारी छन्त्यालले बुर्तिबाङ बाजरको तटबन्धका लागि ४० लाख विनियोजन गर्नुभएको छ । स्थानियवासीले ८ लाख रकम बराबार जनश्रमदान गर्नुपर्ने व्यवस्था छ । 

यो बजेटबाट काम गरिने विकास योजना छनोट समितिको संयोजक सम्वन्धित निर्वाचन क्षेत्रको प्रत्यक्ष निर्वाचित सांसद संयोजक रहने कानुनी व्यवस्था छ । 

शेरा तर्फ जाने झोलुङ्गे पुलदेखि बुर्तिबाङ बाजर तर्फको खोला किनारबाट गाविस कार्यालय, लक्ष्मी कुण्डघाट कबर्डहल हुँदै चुरेलाबाससम्म बढि जोखिम भएका ठाउँमा तटबन्ध गर्ने गरि बानबहादुर छन्त्यालको अध्यक्षतामा तटबन्ध निर्माण समिति गठन गरेर काम सुरु गर्ने तयारी भएको छ । 

समितिका अध्यक्ष छन्त्याल सहितको टोली योजना सम्झौताका लागि बागलुङ बजार गएको सचिव सोमबहादुर पौवि यामुले जानकारी दिनुभयो । उहाँले तटबन्ध निर्माणको काम उपभोक्ता समिति मार्फत हुने भएकाले निर्माण सामग्री जुटाउने लगायतका तयारी सुरु भईसकेको र सम्झौता पछि बजेटले पुग्ने ठाउँमा काम तत्काल सुरु हुने बताउनुभयो । 

तर बुर्तिबाङ बाजरदेखि पारी टारिखेत तर्फ खोला किनारका बासिन्दाले आफुहरुको क्षेत्र तिर पनि उच्च जोखिम रहेकोमा वेवास्ता गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । 

त्यहाँका स्थानिय अगुवा धनबहादुर खत्रीले पहुँच हुनेले आफुहरुसँग छलफल नै नगरि आफ्नो क्षेत्रमा मात्र बजेट हालेको बताउनुभयो । उहाँले जुनसुकै बजेटबाट भएपछि आउने बर्षात् अघि नै काम हने गरि योजना पारिदिन यसअघि भएको ईलाका गोष्ठिमा लिखित निवेदन दिएको बताउनुभायो । 

यस अघि बुर्तिबाङ नयाँ शहर आयोजनाका प्राविधिकले सर्वे गर्दा बुर्तिबाङ बजारलाई तटबन्ध गरि न्युनतम रुपमा सुरक्षित गर्नका लागि झण्डै २७ करोड बजेट आवश्यक पर्ने देखिएको थियो । 

खोलाका आएको बाढिले कटान गरेर उच्च जोखिमा रहेको बुर्तिबाङ बाजर जोगाउन निर्वाचन क्षेत्र विकाश पुर्वाधार विकास कार्यक्रम बाट ४० बजेट परेपछि सवै तर्फबा प्रभावित बासिन्दाले आफ्नो क्षेत्रमा काम हनुपर्ने माग गर्दै आएका छन् । 

कटान भएको क्षेत्रमा रहेका खोला किनारमा शेरा तर्फ जाने पुल, न्युमोर्डन एकेमेमी, लक्ष्मी कुण्डघाट, कबर्ड हल, बजार पारी टारिखेत लगायतका ठाउँमा घर, बस्ती र विद्यालय उच्च जोखिममा छन् । जोखिमा रहेको बुर्तिबाङ बाजर जोगाउन प्रयाप्त बजेट र कार्यक्रम नहुँदा छुट्टिएको थोरै रकमममा स्थानिय विच तानातान हुने गरेको छ । 

उच्च जोखिम भएको ठाउँमा काम गर्ने गरि ४० लाख बिनियोजन भएको र त्यसले सवैतिर नपुग्ने भएकाले प्रभावित क्षेत्रका बासन्दिासँग समन्वय गरेर सबै भन्दा बढि जोखि रहेको ठाउँमा बजेट खर्च हुने सांसद ज्ञानकुमारी छन्त्यालका स्वकिय सचिव सगर छन्त्यालले जानकारी दिनुभयो । 

स्थानिय विकास अधिकारी रामप्रसाद आचार्यले स्थानिय समस्यामा प्राथमिकताको आधारमा सम्बन्धित क्षेत्रको सांसदले तोकेको ठाउँमा काम गर्ने कानुनी व्यवस्था भएकाले सांसद् मार्फत छनोट हुने योजनामा बजेट कार्यान्वय हुने जानकारी दिनुभएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह