प्रकाश बम | माघ २२, डोटी | सेक्टर बन कार्यालय बुडरका ईन्चार्ज सहायक बन अधिकृत सुरेशचन्द्र डिसीले पत्रकारका ‘कलम भाँच्ने’धम्की दिएका छन् । आफ्नो बिपक्षमा समाचार ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश बम | माघ २२, डोटी | सेक्टर बन कार्यालय बुडरका ईन्चार्ज सहायक बन अधिकृत सुरेशचन्द्र डिसीले पत्रकारका ‘कलम भाँच्ने’धम्की दिएका छन् । आफ्नो बिपक्षमा समाचार ल"/>
१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

पत्रकारको कलम र ढाँड ‘भाँच्ने’ धम्की

२२ माघ २०७३, शनिबार १५:३९

प्रकाश बम | माघ २२, डोटी | सेक्टर बन कार्यालय बुडरका ईन्चार्ज सहायक बन अधिकृत सुरेशचन्द्र डिसीले पत्रकारका ‘कलम भाँच्ने’धम्की दिएका छन् । आफ्नो बिपक्षमा समाचार लेखेको प्रति आक्रोस जनाउदै उनले सामाजिक संजाल फेसबुक मार्फत उनले यस्तो धम्की दिएका हुन् । 

पछिल्लो एक सातादेखी संचार माध्यमहरुले जोरायल क्षेत्रमा अबैध रुपमा भैरहेको वन फँडानीका सन्दर्भमा समाचारहरु प्रकाशित गरिरहेका छन् । जसमा डिसिको पनि संलग्नता रहेको आशयका समाचारहरु प्रकाशित/प्रशारित भएका छन् । जसको बिरुद्धमा उनले यस्तो गम्भीर धम्की दिएका हुन् । उनले फेसबुकमा आफु निर्दोश रहेको जनाउदै धम्कीपूर्ण रुपमा लेखेका छन् । ‘तिमिहरु जे सक्छौ गर, तर दोषिलाई निर्दोष र निर्दोलाई दोषि प्रमाणित गर्ने कोसिस नगर । नत्र कलम भाँचिन सक्छ, ढाँड खुस्क्याईन सक्छ ।’ यससंगै आफु रोल्पामा जन्मिएको र दाङको मानिस रहेको पनि धम्कीपूर्ण तवरबाट उल्लेख गरेका छन् । जुन पत्रकारलाई आतंकित पार्ने किसिमको अभिब्यक्ति हुन् । 

उनको यस धम्कीको बिषयमा नेपाल पत्रकार महासंघ डोटी शाखाको ध्यानाकर्षण भएको छ । डोटी शाखाले शनीबार एक बिज्ञेप्ती प्रकाशित गर्दै धम्की दिने डिसिलाई कानुनी कार्बाही गर्न माग गरेको छ । साथै उनलाई गिरफ्तार गरी कडाभन्दा कडा कार्बाही गर्न माग गरिएको छ ।उनको यस धम्कीको बिषयमा नेपाल पत्रकार महासंघ डोटी शाखाको ध्यानाकर्षण भएको छ । डोटी शाखाले शनीबार एक बिज्ञप्ती प्रकाशित गर्दै धम्की दिने डिसिलाई कानुनी कार्बाही गर्न माग गरेको छ । साथै उनलाई गिरफ्तार गरी कडाभन्दा कडा कार्बाही गर्न माग गरिएको छ । 

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एबं सुदूरपश्चिम संयोजक प्रकाश बिक्रम शाहले धम्कीले आफ्नो पनि गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । अहिलेको समयमा पत्रकारको कमल र ढाँड भाँच्छु भन्ने अभिब्यक्तीले पत्रकारिता आतंकित हुने भन्दा पनि झन शसक्त भएर अघि बढ्ने प्रतिक्रिया दिए । साथै डिसिको फेसवुकको स्टाटसको सवैतिरवाट विरोध आइरहेको छ ।

तश्विरमा: धम्कि दिने सेक्टर बन कार्यालय बुडरका ईन्चार्ज सहायक बन अधिकृत सुरेशचन्द्र डिसी |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छः सञ्चारमन्त्री खरेल डा भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार वर्तमान सरकारले निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्नेछः गृहमन्त्री अर्याल क्रान्स मोन्टानामा बार आगलागी, करिब ४० को मृत्यु युक्रेनको खेरसन क्षेत्रमा भएको ड्रोन आक्रमण २४ जनाको मृत्यु, ५० घाइते आयोगद्वारा समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग छलफल अमेरिकाद्वारा भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका गोली लागेर एक जनाको मृत्यु भरुवा बन्दुकसहित पाँच जना पक्राउ सुनचाँदीको मूल्य घट्यो नयाँ वर्ष सन् २०२६ सुरु समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने सरकार सुशासन कायम गर्न र चुनावतर्फउन्मुखः प्रधानमन्त्री कार्की गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री सिन्हा