२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाका द्वन्द्व प्रभावित बालबालिकालाई शैक्षिक सहयोग

२०७३, २३ माघ आईतवार ०३:४३

माघ २३, रोल्पा | जोखिम अवस्थामा रहेका बालबालिका एवम् सशस्त्र द्वन्द्वबाट पीडित परिवारका लागि शैक्षिक सहयोग, वैकल्पिक स्याहार र आयआर्जन क्रियाकलापमा सहयोग गरिएको छ । 

द्वन्द्व प्रभावित बालबालिकाको संरक्षण गर्ने उद्देश्यका साथ सञ्चालित परियोजनाबाट अप्ठेरो वा कठिन अवस्थामा रहेका बालबालिका र युवा तथा सशस्त्र द्वन्द्वबाट पीडित एवं आधारभूत आवश्यकता पूरा गर्न कठिन अवस्थाका बालबालिकाको परिवारलाई लक्ष्य गरी कार्यक्रम सञ्चालन गरिएको जिल्ला बालकल्याण समिति रोल्पाले बताएको छ । 

शान्ति तथा पुनःनिर्माण मन्त्रालय, शान्ति कोषको सचिवालयको सहयोगमा जिल्ला बालकल्याण समितिमार्फत जिल्लामा तीन सय ४४ बालबालिकालाई शैक्षिक सहयोग गरिएको हो । यसैगरी ५६ बालबालिकालाई वैकल्पिक स्याहार, दुई जनालाई उपचार खर्च र १५ अभिभावकलाई आयआर्जनमा सहयोग गरिएको जिल्ला बालकल्याण समितिका परियोजना अधिकृत इन्द्रा शाहीले जानकारी दिनुभयो । 

शैक्षिक सहयोगबापत प्रतिविद्यार्थी रु पाँच हजार उपलब्ध गराइँदै आएको तथा आयआर्जनका लागि प्रतिपरिवार रु १५ हजार र वैकल्पिक स्याहारबापत रु पाँच हजार पाँच सय सहयोग गरिएको छ । 

अघिल्लो वर्ष सोही परियोजनाबाट दुई सय ३२ बालबालिकालाई शैक्षिक सहयोग गरिएको बताइएको छ । सशस्त्र द्वन्द्वमा देशमै सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति पुगेको रोल्पामा नौ सय ४६ को मृत्यु र ३३ जना अझै बेपत्ता रहेको स्थानीय शान्ति समितिका पूर्व संयोजक खेम बुढाले जानकारी दिनुभयो । 

द्वन्द्वका क्रममा जिल्लामा अभिभावक गुमाएका बालबालिका चार सय १६ जना रहेको बालकल्याण समितिले जनाएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे