१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाका द्वन्द्व प्रभावित बालबालिकालाई शैक्षिक सहयोग

२३ माघ २०७३, आईतवार ०३:४३

माघ २३, रोल्पा | जोखिम अवस्थामा रहेका बालबालिका एवम् सशस्त्र द्वन्द्वबाट पीडित परिवारका लागि शैक्षिक सहयोग, वैकल्पिक स्याहार र आयआर्जन क्रियाकलापमा सहयोग गरिएको छ । 

द्वन्द्व प्रभावित बालबालिकाको संरक्षण गर्ने उद्देश्यका साथ सञ्चालित परियोजनाबाट अप्ठेरो वा कठिन अवस्थामा रहेका बालबालिका र युवा तथा सशस्त्र द्वन्द्वबाट पीडित एवं आधारभूत आवश्यकता पूरा गर्न कठिन अवस्थाका बालबालिकाको परिवारलाई लक्ष्य गरी कार्यक्रम सञ्चालन गरिएको जिल्ला बालकल्याण समिति रोल्पाले बताएको छ । 

शान्ति तथा पुनःनिर्माण मन्त्रालय, शान्ति कोषको सचिवालयको सहयोगमा जिल्ला बालकल्याण समितिमार्फत जिल्लामा तीन सय ४४ बालबालिकालाई शैक्षिक सहयोग गरिएको हो । यसैगरी ५६ बालबालिकालाई वैकल्पिक स्याहार, दुई जनालाई उपचार खर्च र १५ अभिभावकलाई आयआर्जनमा सहयोग गरिएको जिल्ला बालकल्याण समितिका परियोजना अधिकृत इन्द्रा शाहीले जानकारी दिनुभयो । 

शैक्षिक सहयोगबापत प्रतिविद्यार्थी रु पाँच हजार उपलब्ध गराइँदै आएको तथा आयआर्जनका लागि प्रतिपरिवार रु १५ हजार र वैकल्पिक स्याहारबापत रु पाँच हजार पाँच सय सहयोग गरिएको छ । 

अघिल्लो वर्ष सोही परियोजनाबाट दुई सय ३२ बालबालिकालाई शैक्षिक सहयोग गरिएको बताइएको छ । सशस्त्र द्वन्द्वमा देशमै सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति पुगेको रोल्पामा नौ सय ४६ को मृत्यु र ३३ जना अझै बेपत्ता रहेको स्थानीय शान्ति समितिका पूर्व संयोजक खेम बुढाले जानकारी दिनुभयो । 

द्वन्द्वका क्रममा जिल्लामा अभिभावक गुमाएका बालबालिका चार सय १६ जना रहेको बालकल्याण समितिले जनाएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड