चैत २८, नवलपरासी । सद्भावना पार्टीका
अध्यक्ष राजेन्द्र महतोले नाकाबन्दीको कार्यक्रम असफल भएको भन्दै सरकारले मधेषका मागहरुको वेवास्ता गरे
बैशाख पहिलो सातादेखि सिंहदरबार केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका छन् । शनिबार मधेश जागरण
कार्यक्रम अन्तर्गत नवलपरासीको सदुरमुकाम परासी आएका अध्यक्ष महतोले पत्रकार सम्मेलनमा बोल्दै यस्तो
चेतावनी दिएका हुन् ।
“हामीले गरेको मधेश आन्दोलनले जनतालाई मात्र बढी समस्या
पर्न गयो, शासकबर्गलाई समस्या नपर्दा नै माग सुनुवाई नभएको हो । अब हाम्रो आन्दोलन शासक बर्ग केन्द्रित
हुन्छ”, महतोले भने ।