बैशाख ९, नवलपरासी ।
बर्दघाट नगरपालिका वडा नं ४ दिब्यनगरकी पार्वती पाण्डेयलाई (५८)आºनो व्यवसायिक फार्ममा भएका खसी बोकाको
स्याहारसुसार गर्दैमा दिन बित्छ । बिहान उठ्ने बित्तिकै फर्ममा पुग्छिन् उनी । उनलाई त्यहांको काम गर्दा
फुर्सद नै हुदैन् ।
कान्छा
छोरा रमेश र जेठी बुहारी दिपाले उनलाई सघाउदै आएका छन् । पहिला निर्वाहका लागि बाख्रापालन गर्दै आएकी
पार्वतीले जेठा छोरा रविको सल्लाहमा उनले अहिले व्यवसायीक रुपमा बाख्रा पालन गर्दै आएकी हुन् । उनको
ब्यवसाय बर्दघाट व्यवसायिक फार्ममा विकास भएपछि उनमा उत्साह जागेको छ ।
उनको ब्यवसायिक बाख्रापालन
फार्ममा २२ माउ र १७ पाठापाठी १ बिजन सहित ४० वटा बाख्रा रहेको छ । बाख्रापालक कृषक पार्वती भन्छिन्–
बार्षिक रुपमा २४ खसी पाठा बिक्री बटा बार्षिक ४ लाख बढि आम्दानी भएको छ ।
}फार्ममा जमुनापारी र
नश्लसुधार गरिएका स्थानीय खरी जातका गरि दुई जातका बाख्रा रहेको उनले बताइन् । प्रत्येक महिनामा ५ देखी
६ वटा बाख्रा समेत जन्मिने गरेको ,उनले भनिन् । किराना पसल गर्दै आएको उनको ५ जनाको परिवार यसै
व्यवसायमा लागेका छन् । एक जनालाई रोजगारी समेत दिएका छन् ।
सिद्धार्थ इन्सोरेन्सबाट सबै बाख्राको बिमा समेत गरेको उनका छोरा रवि पाण्डेयले बताए । घरमै बसेर
तीस पैतीस हजार आम्दानी हुन्छ–उनी भन्छन्,–‘विदेश किन जानु प¥यो’ । त्यसैले घर परिवार एक भएर लागि परेका
छौ । रवि पत्रकार एंवम् त्रिवेणी सामुदायिक टेलिभिजनका कार्यकारी निर्देशक समेत रहेका छन् । बाख्रामा
लाग्ने विभिन्न प्रकारको रोगको उपचार गर्दा बार्षिक ६० हजार खर्च हुने गरेको पार्वतीले बताइन् ।
सरकारले औषधीपचारको लागि पैसा दिएको छैन् । प्राविधिक मात्र पठाउने गरेपनि भनेको समयमा उपस्थित
नहुदां समस्या हुने गरेको उनले गुनासो छ । उनि भन्छिन्–पशु सेवा कार्यालयले तालिम र परामर्श बाहेक अरु
केहि पनि दिएको छैन्,सहुलियत ऋण तथा अनुदान पाए फार्मलाई बढाउने योजना छ । २०७० सालबाट व्यवसायिक फर्म
दर्ता गरेर व्यवसाय सुरु गरेकी उनले २ विगाहा जमिन लिजमा लिएर समूहमा घांस खेती पनि गरेका छन् । घाँस त
लगाइयो संरक्षणका लागि गाह्रो भएको छ उनी भन्छिन् –तारबार सिंचाईका लागि सहयोग गर्छन भन्छन् तर कहींबाट
सहयोग आएको छैन ।
उनीहरुको फार्मले बर्दघाट क्षेत्रका बाख्रापालक कृषकलाई संगठित गर्ने गरेको छ ।
बाख्राका लागि उपयुक्त मनिने चुरे क्षेत्रको नजिकमा रहेको दिव्यनगर र मर्चाखोला गाउलाई बाख्रा पकेट
एरिया बनाउन इच्छा भएपनि सहयोग नभएको उनीहरुको भनाई छ । मर्चाखोला, डाडांटोल र दिव्यनगरमा ३० घरपरिवारले
व्यवसायिक बाख्रा पालन गरेका छन् । बाख्राको लागी हावापानी क्षेत्र भएकाले यसलाई बिशेष पकेट एरिया बनाउन
सकिने पशुसेवा प्राबिधिक छबिलाल खरेलको भनाई छ । जिल्ला पशु सेवा कार्यालय नवलपरासीको तथ्यांक अनुसार
नवलपरासी जिल्लामा ५० वटा व्यवसायिक फार्म दर्तामा रहेका छन् । व्यवसायिक फर्म भएर पनि दर्ता नभएका ५०
भन्दा बढी रहेका छन् ।
सबै भन्दा बढी खसीबोका उत्पादन हुने पहाडी गाविसका व्यवसायिक फार्महरु दर्ता
भएका छैनन् । दर्ता नगराएको पहाडी गाविसहरु देउराली ,धौवादी ,हुप्सेकोछट,धुर्कोट लगाएका ५० वटा भन्दा
बढी व्यवसायीक फर्म दर्ता प्रक्रियामा आएका छैनन् । दर्ता नभएकालाई फार्मलाई अनुदान उपलब्ध गराउन नसकिने
जिल्ला पशु सेवा कार्यालयका बरिष्ठ पशु विकास अधिकृत शंकर शाहले बताए ।
पकेट क्षेत्र देउराली
गाविस
बाख्राको पहिलो पकेट क्षेत्र जिल्लाको पहाडी गाविस देउराली रहेको छ । जिल्ला पशुसेवा
कार्यालयका अनुसार त्यहाबाट मात्रै बार्षिक ४ करोड मुल्य बराबरको खसी बोका बाहिर निर्यात हुने गरेको छ
।
दोश्रो स्रोत केन्द्र भित्री मधेशको नंया बेलहानीबाट तीन हजार खसीबोका निर्यात हुन्छ ।
सुनवल,दुम्किबास,बर्दघाट,सराराल ,धुर्कोट,वेणीमणीपुर, लगाएतका स्थानबाट दुई हजार २५ सय खसी बोका बाहिर
जान्छन् ।
१० करोडको खसीबोका निर्यात
नवलपरासीबाट बार्षिक रुपमा १० करोड मुल्य
बराबरको खसीबोका बाहिरी जिल्लामा निर्यात हुने गरेको छ ।
जिल्लाको विभिन्न स्थानबाट उत्पादन भएको १०
करोड मुल्य बरारबको १० हजार खसीबोका बाहिरी जिल्लामा निर्यात हुने गरेको जिल्ला पशु सेवा कार्यालयले
जनाएको छ ।
नवलपरासीका पहाडी र पहाडसंग सिमा जोडिएका गाविसहरुमा बाख्रा पालनका लागि चाहिने वातावरण र घांस
प्रशस्त भएकाले बाख्रा पालन व्यवसाय फस्टाएको जिल्ला पशु सेवा कार्यालयका बरिष्ठ पशु अधिकृत शंकर साहले
बताए ।
बर्दघाट नगरपालिकाको चुरे पहाड नजिकका बस्तीमा पशुपालनका लागि वातावरण सुहाउदो छ । नवलपरासीमा
वन क्षेत्र बढी भएकाले यस व्यवसाय फस्टाएको छ ।
पहिला हप्तामा एक पटक मासु खानेले तीन पटक खान थाले –
उनी भन्छन् ,मासु माग बढिरहेको छ । माग बढेपछि उत्पादन पनि बढिरहेको छ ।
माग बढि भएकाले यो व्यवसायमा
आम्दानी बढी छ । बजार सजिलो छ । एक व्यक्तिलाई एक बर्षमा १४ किलो मासु आवश्यक छ । नवलपरासीमा
जनसंख्यालाई चाहिने भन्दा बार्षिक उत्पादन ५ हजार मेट्रिकटन बढी छ । नवलपरासीको १७ पहाडी गाविसमा बाख्रा
पालन व्यसाय फस्टाएको छ ।
प्रस्तुतीः कल्पना
भट्टराई