कृष्ण कँडेल | फागुन ११, बागलुङ | निसीभुजी जनता क्याम्पस बुर्तिबाङको रतजजयन्ति विशेष कार्यक्रम तथा नवनिर्मित भवनको उद्घाटन कार्यक्रम आज बुर्तिबाङमा हुँदैछ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कृष्ण कँडेल | फागुन ११, बागलुङ | निसीभुजी जनता क्याम्पस बुर्तिबाङको रतजजयन्ति विशेष कार्यक्रम तथा नवनिर्मित भवनको उद्घाटन कार्यक्रम आज बुर्तिबाङमा हुँदैछ । 

"/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

निसीभुजी जनता क्याम्पसको रजत जयन्ति मनाईँदै

२०७३, ११ फाल्गुन बुधबार ०२:२३

कृष्ण कँडेल | फागुन ११, बागलुङ | निसीभुजी जनता क्याम्पस बुर्तिबाङको रतजजयन्ति विशेष कार्यक्रम तथा नवनिर्मित भवनको उद्घाटन कार्यक्रम आज बुर्तिबाङमा हुँदैछ । 

क्याम्पस स्थापनाको २५ औँ बर्षगाँठका अवसरमा क्याम्पसको स्थापना, भवननिर्माण लगायतको कार्यमा सहयोग गर्ने जग्गादाता तथा चन्दादातालाई सम्मान गर्ने तयारी गरिएको छ । कार्यक्रमको अवसरमा १ करोड ८१ लाखको लागतमा निर्माण गरिएको क्याम्पसको नयाँ भवनको उद्घाटन पनि गरिने क्याम्पस सञ्चालक समिति अध्यक्ष धिरप्रताप सिंहले जानकारी दिनुभयो । २०७१ साल मंसिर देखि निर्माण सुरु गरिएको १२ कोठे भवनको निर्माण कार्य पुरा गरेर उद्घाटन गर्न लागिएको हो । 

भवन निर्माणको लागि अर्जुन मल्ल र उहाँका श्रीमती भगवती मल्ल, सभाखर खनाल र श्रीमती बेली खनाल, तुल्सीराम अर्याल र श्रीमती कमाला आर्याल, हर्क गुरुङ र श्रीमती मनकुमारी गुरुङ तथा दाजुभाई कृष्ण पुन र नरेश पुनले बुवाआमाको स्मृतिमा एक कोठा निर्माणको लागत बराबरको १४÷१४ लाख रुपैयाँ प्रदान गर्नुभएको थियो । मनकुमारी खरेलले आधा कोठा निर्माण बराबरको ७ लाख रुपैयाँ सहयोग प्रदान गर्नुभएको थियो । उहाँहरुको नाममा कक्षा कोठाको नामाकरण गरिएको छ । 

कार्यक्रमका लागि नयाँ शैली अपनाईने अध्यक्ष सिंहको भनाई छ । कार्यक्रमका लागि कोहि पनि प्रमुख अतिथि, विशिष्ट अतिथि रहने छैनन् । उपस्थित सवैको प्रमुख आतिथ्यतामा भवन उद्घाटन र चन्दादाता सम्मान कार्यक्रम हुने छ । सहभागी सवैले एक÷एक ओटा दिप प्रज्ज्वलन गरेर सवै जनाकै प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन गरि सञ्चालन गरिने उपाध्यक्ष तुल्सीराम अर्यालले जानकारी दिनुभयो । 

क्याम्पसको लागि विकासका लागि विभिन्न ढंगले स्थानिय रुपमा तथा देश विदेशबाट सहयोग गर्ने सहयोगदाता र जग्गा उपलब्ध गराउने जग्गादाता गरि ३ सय जना भन्दा बढि सहयोगदातालाई सम्मान गरिने छ । क्याम्पसको स्थापना देखि सञ्चालन, भवन निर्माण, विद्यार्थीलाई छात्रवृत्ति लगायत क्याम्पसलाई दिगो रुपमा अघि बढाउन सहयोग गर्ने सबैलाई सम्मान गर्ने कार्यक्रम तय भएको छ । 

क्याम्पसमा अध्ययनरत ६ जना जेहेन्दार विद्यार्थीलाई जनहि नगर रु २० हजारका दरले छात्रवृत्ति पनि प्रदान  गरिने क्याम्पस प्रमुख कृष्णकान्त आचार्यले बताउनुभयो । कार्यक्रम आज विहान ११ बजेपछि हुनेछ । 

कार्यक्रम सुरु हुनु अघि सहभागी सम्पुर्ण बुर्तिबाङको बसपार्कमा भेला भएर बाजागाजा सहितको र्यालीले बुर्तिबाङ बजारको परिक्रमा गर्ने छ । र्याली क्याम्पस परिसरमा रहेको कार्यक्रम स्थलमा पुगेपछि रजतमाहोत्सव विशेष कार्यक्रम सुरु हुनेछ । 

कार्यक्रममा अध्यक्षता गर्ने अध्यक्ष लगायत सम्पुर्ण अतिथि दर्शक दिर्घामै बस्ने र कार्यक्रम सञ्चालक मात्र अगाडी रहने छन् । २०४८ सालमा पश्चिम बागलुङको बुर्तिबाङमा स्थापना भएको निसीभुजी जनता क्याम्पस स्थापनको २५ बर्ष पुरा भएको हो । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसमा स्नातक तहमा विभिन्न संकाय सञ्चालन गरिएको छ । 

यसैविच भोली क्याम्पस सञ्चालक समितिको अधिवेशन तथा क्याम्पस सभा गरिँदै छ । सभाले नयाँ क्याम्पस सञ्चालक समिति गठन गर्ने अध्यक्ष सिंहले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा