टेक शाही/फागुन १४, डोल्पा । मध्य–पश्चिम क्षेत्रिय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुर्खेतका माधब प्रसाद नेपाल डोल्पा पुग्नु भएको छ । 

म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/फागुन १४, डोल्पा । मध्य–पश्चिम क्षेत्रिय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुर्खेतका माधब प्रसाद नेपाल डोल्पा पुग्नु भएको छ । 

म"/>

2026-09-03 07:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

मध्यपश्चिमको सुरक्षामा कर्णाली उत्कृष्ठ: प्रहरि प्रमूख नेपाल


टेक शाही/फागुन १४, डोल्पा । मध्य–पश्चिम क्षेत्रिय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुर्खेतका माधब प्रसाद नेपाल डोल्पा पुग्नु भएको छ । 

मध्य–पश्चिम क्षेत्रिय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुर्खेतका माधब प्रसाद नेपालले डोल्पा जिल्लाको समग्र सुरक्षाको बिषयमा जिल्लाका सरोकारवालाहरु संग  छलफल गर्नू भएको छ । 

पछिल्लो बर्षमा कर्णाली अञ्चलमा ठुला घटनाहरुका मुख्य नाईकेहरु समेत अत्याधुनिक हतियार सहित समातिएको छ । 

बिगत केहि बर्ष देखि कर्णालीका बिभिन्न ठाँउमा लुटपाटका घटनाहरु गर्ने लुटेराहरु पुराना अत्याधुनिक हतियाहरु एसएमजी सहित ठुलो परिणाममा हतियारधारी लुटेराको गिरोह पक्राउ गरेको र जनताले सोचे जति सुरक्षा दिन नँसके पनि केहि हत सम्म लुठपटका घटनाहरुबाट जनताले सुरक्षाको अनुभुति गरेको कुरा नेपालले बताउनु भयो । 

यस बर्षमा कर्णालीमा भएका बिभिन्न लुटपाट र अन्य घटनाहरु नियन्त्रण गरि अभियूक्तहरु पक्राउ गर्न सफल भएकोले यस बषृ मध्यपश्चिममा कर्णाली अञ्चल उतकृष्ठ भएको मध्य–पश्चिम क्षेत्रिय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुर्खेतका माधब प्रसाद नेपालले दावी गर्नु भयो । 

डोल्पा जिल्ला भौगोलिक रुपमा ठुलो र धेरै छिमेकी जिल्लाको सिमानाले छोएको जिल्ला भएको कारण सुरक्षाको चुनौति भएको जिल्लामा पर्दछ । त्यसैले पछिल्लो समयमा डोल्पाका सिमावर्ति क्षेत्रमा हुने अपराधिक क्रियाकलापलाई न्युनिकरणगर्दै जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति गराउन डोल्पाका मुख्य नाकाहरुमा प्रहरी चौकी स्थापना गर्नका साथै जनशक्ति थपकालागि आवाश्यक पहलगर्न समेत आग्रह गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा माथिल्लो डोल्पाको सुरक्षाको बिषयमा प्रहरी नायव महानिरीक्षक नेपालको ध्यानाकार्षण गराइएको थियो । माथिल्लो डोल्पामा बर्षमा ६ महिनामा मात्र प्रहरि सुरक्षामा खटिने र बाँकी ६ महिनामा माथिल्लो डोल्पा सुरक्षा बिहिन हुने भएको कारण हरेक बर्ष श्रृङखलाबद्ध रुपम करोडौँ चोरी तथा लुटपाटका घटनाहरु न्युनिकरण गर्नका लागि सुरक्षाको नितिमा हेरफेर गर्नको लागि पहल गर्न सरोकारवालाहरुबाट प्रहरी क्षेत्रीय प्रमुखको ध्यानाकर्षण गराउनु भएको थियो । 

भौगोलिक रुपमा ठुलो जिल्ला डोल्पामा सञ्चारको अभावमा बिभिन्न घटनाहरु घट्ने र घटना घटेको हप्ता दिन पछि मात्र पुग्ने गर्दछ । समयमै घटनास्थलबाट सुचनाहरु सम्बन्धीत निकाय सम्म नपुग्दा अपराधिहरु सहजै उम्कने भएकाले ब्यवसिथत सुरक्षा र सुञ्चारको व्यबस्थकालागि पहल गर्ने कुरमा बिशेष जोड दिएको थियो । 

माथिल्लो डोल्पा बिकट र सदरमुकाम देखि ४० कोष सम्मको दुरिमा पर्ने भएकाले प्रहरी जवानका लागि आवाश्यक संञ्चारका साधन,बन्दोबस्तीका सामाग्री तथा हतियारहरु र माथिल्लो डोल्पाका नाकाहरुमा चौकी तथा जनसक्ति थपकालागी गृह मन्त्रालयमा आवाश्यक प्रकृया पूरा गरि कागजात पठाएपनि सुनुवाई नभएको प्रहरी नायव महानिरीक्षक नेपालले दावी गुर्न भयो । 

माथिल्लो डोल्पा र हुम्लाको माथिल्लो भेकको लागि सुरक्षामा प्रभाबकारि गरि बनाउनको लागि जिल्ला देखि क्षेत्र र क्षेत्रबाट मन्त्रालय सम्म रणनिति तयार पारेर बनाउने गरेको तर सबै प्रकृया गएर अर्थ मन्त्रालयमा थन्कीने गरेकोले पनि डोल्पा र हुम्लाका जनताको माग अनुसार सुरक्षा दिन नँसेको नेपालले स्वीर्कानु भयो ।

 सयौको सँख्यमा चौकीहरु मागे पनि बर्षमा एक क्षेत्रमा ५ भन्दा धेरै चौकीको कोटा नआउने र जनताको अपेक्षा अनुरुप प्रहरिले सुरक्षा प्रदान दिन नँसेको तर अहिले नेपालामा जनताले बिश्वास गरि प्रहरिको माग धेरै भएकोले गर्भको महसुस नेपाल प्रहरिले गरेको पनि नेपालले बताउनु भयो । तर आफनो क्षेत्रबाट निरन्तर पहल भएको र जिल्लाको सुरक्षा समिति र राजनितिक दलबाट मन्त्रालयमा पहल गरिदिएमा अझ धेरै प्रभाबकारि हुने पनि नेपालले जिल्लाका राजनितिक दललाइ अनुरोध गर्नु भयो ।

समग्र डोल्पाको सुरक्षा व्यबस्था प्रभावकारी बनाउनको लागि सुझाब र सल्लाह् दिनेका लागि उपस्थीत भइ दिनु भएकोमा र आगामि दिनमा पनि डोल्पा रहेको प्रहरिसँग हातेमालो गर्दै अगाडि बढीदिनको लागि अनुरोध गर्दै सरोकारवालाहरु धन्यबाद दिनुभएको थियो । सोहि क्रममा डोल्पा जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी र जनतामूखि भइ निश्पक्ष तरीकाले सुरक्षा प्रदान गर्न प्रहरीलाई निर्देशन समेत मध्य–पश्चिम क्षेत्रिय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुर्खेतका माधब प्रसाद नेपालले दिनु भएको छ । 

डोल्पा जिल्लामा सबै भन्दा सुरक्षा चुनौति बैशाख देखि भाद्र महिना सम्म हुने गर्दछ । यो समयमा डोल्पामा यार्सा गुम्बा सँकलन र तिब्बतमा करोडौमा ब्यापार हुने भएकोले लुटपाट र चोरीका घटनाहरु हुने भएकोले सुरक्षामा चुनौति हुने गर्दछ । त्यसैले यस बर्ष नेपाल प्रहरिले भरमग्दुर सुरक्षामा कडाइ गर्ने जिल्ला प्रहरि कार्यालय डोल्पाले प्रतिबद्धता गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही