२३ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

पिडित पक्ष र प्रहरी बिच झडप, १४ प्रहरी र १५ जना प्रर्दशनकारी घाइते

१५ फाल्गुन २०७३, आईतवार १३:०१


सम्राट सिंह | फागुन १५, बझाङ | दौलिचौर गाविसमा शनिवार भएको हत्याका आरोपी दिपेन्द्र बोहरालाई जिल्ला प्रहरी कार्यालयमा पुर्याउनै लाग्दा प्रहरीले नसोचेको घटना व्यर्हाेनु परेको छ । मृतकका आफन्तहरुले आरोपी माथी आक्रमण गर्न खोज्दा जिल्ला प्रहरी कार्यालय भित्रै झडप भएको छ । 

स्थितीलाई नियन्त्रणमा लिनका लागी प्रहरीले हवाइ फायर र लाठी चार्ज गरेको थियो । झडपमा १४ जना प्रहरी र २२ जना भन्दा बढी मृतकका आफन्तहरु घाइते भएका छन  । 

‘आरोपीलाई हाम्रो जिम्मा लगाउ हामी आफै कारबाही गछौ भनेर ढुङ्गा मुडा गर्न थाले’ डिएसपी नरेन्द्र चन्दले भने ‘स्थिती अनियन्त्रीत हुने अवस्था आए पछि हवाइ फायर र लाठी चार्ज गर्नु परेको हो’

प्रहरीले हानेको लाठी र ढुङ्गा लागेर मृतक दिनेश बोहराकी आमा जोगा बोहरा, श्रीमती डल्ली बोहरा, काकी धनकला बोहरा लगायत २२ जना भन्दा बढी घाइते भएका छन । घाइते मध्य अधिकांस महिलाहरु रहेको र धेरैको टाउकोमा ढुङ्गा र लाठीले चोट लागेको मृतककी एक आफन्त शुलीला बोहराले बताइन । 

 भने मृतकका आफन्तले हानेको ढुङ्गा लागेर प्रहरी नायब निरिक्षक २ जना र प्रहरी सहायक निरिक्षक १ जना, हवल्दार ३ जना र ८ जना प्रहरी जवान गरी १४ जना घाइते भएको प्रहरीले जनाएको छ ।  घाइते मध्य प्रहरी जवान नरेन्द्र शाह र टेकबहादुर पाललाई बढी चोट लागेको र सबै प्रहरीको उपचार भैरहेको डिएसपी नरेन्द्र चन्दले बताए । 

यता मृतकका आफन्तले भने प्रहरीले आफुहरुलाई नियतबस आक्रमण गरेको बताएका छन । ‘हामीले हत्यारालाई हेर्न मात्र दिनुस भनेका थियौ’ मृतक दिनेश बोहराकी आमा जोगा बोहराले भनिन ‘उसको नजिक जाने वितिकै प्रहरीले अन्दाधुन्द लाठी वर्षाउन थाल्यो । मैले नै छोरा गुमाउने मैले नै कुटाइ खाने यो कस्तो न्याय हो ?’

खेलिरहेको भलिवल सडकमा खसेको र जिपले कुल्चेर बल फुटाएको विषयमा गाडीका सहचालक दिनेस बोहरा र स्थानिय दिपेन्द्र भनिने ढेप बोहराको झगडा  हुदां शनिवार सांझ दौलीचौर गाविसका जिपका सहचालक दिनेश बोहराको मृत्यु भएको थियो ।  चैनपुर बाट सुर्मा तर्फ जांदै गरेको  जिपले दौलीचौर नजिक सडकमा खसेको बल कुल्चेर फुटाइ दिएको थियो ।

दिपेन्द्र बोहराको कुटाइबाट घाइते जिपका सहचालक दिनेश बोहराकोे जिल्ला अस्पतालमा उपचार नभए पछि नेपालगंज तर्फ लैजादै गर्दा आइतवार मृत्यू भएको थियो । ढुङ्गा प्रहार गर्ने दिपेन्द्र बोहरालाई प्रहरीले गांउबाटै नियन्त्रणमा लिएको थियो । 

आक्रोसित मृतकका आफन्तले दौलिचौरमा रहेको दिपेन्द्र बोहराको घर र पसलमा आगजनी समेत गरेको स्थानियले बताएका छन । 

फोटोमा: प्रहरी र पिडित पक्षबिच झडप हुदै | 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने मन्त्रिपरिषद्को निर्णय : प्रहरीको सङ्गठन संरचना र दरबन्दी स्वीकृत निर्वाचन सुरक्षा सम्बन्धमा गृहमन्त्री अर्यालद्वारा प्रदेशका प्रमुख सचिवहरूसँग छलफल युक्रेन वार्ता अन्योलमा गैरीगाउँको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा इरानमा प्रदर्शन हिंसात्मक, ३५ को मृत्यु सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छः मन्त्री घिसिङ नेप्से परिसूचक नौ अङ्कले बढ्यो श्रीलङ्कामा विषाक्त मदिरा सेवन गर्दा पाँच जनाको मृत्यु रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छ : सञ्चारमन्त्री खरेल प्रतिनिधिसभा सदस्य निर्वाचनः एमाले तनहुँद्वारा १९ उम्मेदवार सिफारिस जापानमा ६.४ म्याग्निच्युडको भूकम्प सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार गोंगबुबाट लागुऔषधसहित दुईजना पक्राउ सहमतिका आधारमा केन्द्रीय समितिले विशेष महाधिवेशन आह्वान गर्नुपर्ने क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी सुनचाँदीको मूल्य बढ्यो गोरखामा च्याउ खाँदा एकाघरका चार जना बिरामी वीरगञ्जमा कर्फ्यू आदेश आज दिउसो १ः०० बजेसम्म थप