पूर्णबहादुर खड्का | फागुन १५, अछाम । न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर सन्तोष कुमार ढुंगाना सम्मानित हुनु भएको छ । पाँचौँ स्वास्थ्य सेवा दिवसको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पूर्णबहादुर खड्का | फागुन १५, अछाम । न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर सन्तोष कुमार ढुंगाना सम्मानित हुनु भएको छ । पाँचौँ स्वास्थ्य सेवा दिवसको "/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

पाँचौँ स्वास्थ्य सेवा दिवसको अवसरमा ढुंगाना सम्मानित

१५ फाल्गुन २०७३, आईतवार १३:१३


पूर्णबहादुर खड्का | फागुन १५, अछाम । न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर सन्तोष कुमार ढुंगाना सम्मानित हुनु भएको छ । पाँचौँ स्वास्थ्य सेवा दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय अछामले एक कार्यक्रमका बिच आज आईतबार मेडिकल निर्देशक डाक्टर ढुंगानालाई सम्मान गरेको हो । 

जिल्ला स्थित बयालपाटा अस्पतालमा रही उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेको भन्दै सम्मान गरिएको जिल्ला स्वास्थ्य कार्यालय अछामका निमित्त प्रमुख झपटराज ढुंगानाले बताउनु भयो । आज मंगलसेनमा भएको एक कार्यक्रममा डाक्टर ढुंगानालाई प्रमुख अतिथिले दोसल्ला ओडाई प्रशंसा पत्र प्रदान गर्नुभएको थियो । सम्मान ग्रहण गर्दै ढुंगानाले भन्नुभयो सम्मान काम गर्न थप मनोबल बढाएको भन्दै स्वास्थ्य सेवा सुधारका लागी आफु अग्रसर भएर काम गर्नेमा जोड दिनुभयो । 

स्वस्थ्य नागरिक स्वस्थ्य देश, दक्ष जनशक्ति प्रगती र समृद्धी भन्ने नाराका साथ भएको कार्यक्रममा जिल्लामा उत्कृष्ट काम गर्ने व्यक्तीलाई सम्मान गरिएको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ । 

यसैबिच बयालपाटा अस्पतालका एम्बुलेन्स ड्राईभर डिल्ली नेपालीलाई पनि सम्मान गरिएको छ । जिल्लाको बयालपाटा अस्पतालमा रही एम्बुलेन्स सेवा दिएर प्रशंसनिय काम गरेको भन्दै सम्मान गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर