२८ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रमुख गाँउ–गाँउमा 

२८ मंसिर २०७२, सोमबार २१:३४

Nepal Prahari

नरी बडु । मंसिर २९, बैतडी । बैतडी जिल्लाको सान्ति सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालयका प्रमुख महोन पोखरेल सहितको टोली अनुगमनको लागि जिल्लाका दुर्गम गाँउ–गाँउमा जान थालेको छ ।

जिल्लामा घट्ने विभिन्न किसमका घटना, अपराधिक क्रियाकलाप र यस्मा प्रहरीको सक्रियताको बारेमा अनुगमन गरी प्रहरी सेवालाई अझै जनस्तरसम्म पुर्याउन प्रमुख पोखरेल नेतृत्वको टोली जिल्लाका दुर्गम गाँउ जान थालेको हो ।

बैतडी जिल्लाको दुर्गम क्षेत्रका ठाँउहरुमा महिला हिंसा, जाँडरक्सी सेवन, आत्माहत्या लगायतका घटनाहरु बढ्न थालेपनि उक्त घटनाहरु नियन्त्रण गर्ने उद्देश्यले गाँउ–गाँउमा जान लागिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख पोखरेलले बताए ।

पोखरेलका अनुसार यसपाली जिल्लाको दुर्गम तल्लोस्वराड क्षेत्रका नागार्जुन, गिरेगडा, रोडिदेवल, माहाकाली, पञ्चेश्वर, मेलौली, शिवनाथ, माँहारुद्र, कुलाउ, सलेना लगायतका गाविसहरुमा अनुगमन गरीएको छ । सदरमुकामको पहँुचभन्दा टाढा रहेका स्थानियमाझ यसरी जिल्ला प्रहरी प्रमुख शान्ति सुरक्षाको बारेमा सुझाव, सल्लाह र स्थानियको गुनासा सुन्न पुगेपछि स्थानियवासिले खुसि व्यक्त गर्दै प्रहरी प्रमुख पोखरेलको खुबै प्रसंसा गरेको माहाकालीका स्थनिय मोहन बहादुर चन्दले बताए ।

अनुगमनको क्रममा शान्ति सुरक्षामा नेपाल प्रहरी तल्लीन रहेको पाईएपनि उनिहरुले बस्ने चौकि तथा ईलाका का भवनहरुको अवस्था नाजुक रहेको पाईएको छ । रातदीन, घामपानी र चिसो गर्मिको प्रवाह नगरी जनाताको सेवामा २४ सै घण्टा खटीने प्रहरीले बस्ने भवनहरु कोही भाडामा छन भने कोहिको अवस्था आफैमा नाजुक छ तरपनी कुनै निकायले यसतर्फ ध्यान दिन सकेको स्थानियको भनाई छ ।

प्रहरी प्रमुख खरेलका अनुसार अबका दिनमा पनि जिल्ला विभिन्न दुर्गम क्षेत्रमा यसरीनै शान्ति सुरक्षाको बारेमा अनुगमन गरीने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस हुने मकवानपुरमा दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा नेकपा एससँग एकता गर्न हच्किए वामदेव गौतम, अभियानको बैठक अनिर्णित आर्मीले जित्यो पहिलो खेल, पुलिससँग फाइनल खेल्ने पक्का जय ट्रफीमा आर्मीलाई मधेशले दियो २८ रनको लक्ष्य लोकसेवा आयोग, विद्युत् प्राधिकरण र शिक्षा मन्त्रालयविरुद्ध सर्वोच्चमा रिट दायर नेपालमा टी२०आई खेल्न आउने नेदरल्याण्ड्स महिला क्रिकेट टोलीको घोषणा जय ट्रफी एलिट कप क्रिकेट: रित र शुभको अर्धशतकमा बागमतीले दियो पुलिसलाई ११६ रनको लक्ष्य काठमाडौँ जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरु सरकारले अध्यादेश ल्याउनु गलत, ओली एकलौटी अघि बढे : एनपी साउद दुई हजार करोड क्लबतर्फ लम्किँदै ‘पुष्पा-२’ कोलम्बियामा विमान दुर्घटना: १० जना मृत फेला, ५ जना एकै परिवारका शिक्षिकाले लाठीले पिट्दा युकेजी पढ्ने बालकको आँखा फुट्यो, मुद्दा फिर्ताका लागि दबाब आज रविविरुद्धको थुनछेक बहस नसकिए रविलाई अदालतले हिरासत पठाउन सक्ने ललितपुरमा पार्किङ गरेर राखिएको कारमा आगलागी रवि लामिछानेको बयान न्यायाधीश अधिकारीको इजलासमा आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार? आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौ : गृहमन्त्री लेखक काठमाडौँ–४ का पूर्व वडाअध्यक्ष ७ करोड ठगेको आरोपमा पक्राउ