नरी बडु/ असोज २, बैतडी । सामाजिक अन्धविश्वासका कारण बैतडीको तल्लोसोराड क्षेत्रमा पर्ने सलेना गाविसमा रहेको श्री धर्मघर भुत लागेको भन्दै सौचालय भत्काउने तयारी गरीएको छ । उक्त विद्यालयमा अध्यनरथ छात्राहरुमा एक्कासी काँप्ने, चिच्याउने र अनियन्त्री भाषा प्रयोग गरी अनावश्यक बोल्ने समस्या देखिएपछि धामिझाँक्रिको विश्वासमा लागेर सौचालय भत्काउने तयारी भएको हो ।
विगत १० दिन यता देखि २१ जना छात्राहरुमा यस्तो समस्या देखिएको भएपनि जिल्ला स्वास्थ्य कार्यालयबाट अहिलेसम्म पहल नभएको धर्मघर उमाविका प्रधानाध्यापक केसबराज जोशिले बताए । प्रधानाध्यापक जोशिका अनुसार विगत ४/५ दिन यतादेखि स्थानियको दबावमा विद्यालयमा रहेको चार कोठे सौचालयमा ताला लगाईएको छ ।
सौचालयमा यसरी ताला लगाईदा विद्यार्थिहरु खुल्ला रुपमा सौच गर्न बाध्य भएको र त्यसले विद्यालय वरीपरीको वातावरण समेत दुर्गन्धीत भएको स्थानिय दिपक चन्दले बताए । उहाँका अनुसार स्थानियले पनि धामिझाँक्रिको विश्वासमा परी चार कोठे सौचालय भत्काउन दबाब दिईरहेका छन् ।
केही स्थानियले धामीझाँक्रिकै भरमा परी सौचालय भत्काउने तयारी गरेपछि युवाहरुले भने विद्यालयमा जोडीएको संम्पत्ति अन्धविश्वासमा भत्काउने तयारी हुदाँ त्यसलाई रोकिदिन र छात्राहरुमा देखिएको उक्त रोगको यथासिग्र उपचार गरीदन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
यता जिल्ला स्वास्थ्य कार्यालय बैतडीले भने हिजो मात्रै त्यसको आधिकारीक जानकारी आएको र पर्सिसम्ममा त्याहाँ स्वास्थ्यकर्मिको टोली पठाईने जिल्ला स्वस्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य अधिकृत जिवन भट्टले जानकारी दिए ।
भट्टका अनुसार यस्तो समस्या मास स्टोरीया भएका व्यक्तिलाई हुने र त्यसको छिट्टैनै उपचार हुने हुदा नआत्तीन समेत सबैलाई आग्रह गरेका छन् ।
अहिलेको युगमा धामीझाँक्रिको परेर नभई उपचार गरेर रोगहरु निको हुने भएकाले धामिझाँक्रिको विश्वासमा नपर्न र अन्धविश्वासमा परेर विद्यालयमा निर्माण भएका संरचनाहरु भत्काउने कसैलाईपछि अधिकार नभएकाले त्यस्तो कार्य नगर्न प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले स्थानियलाई आग्रह गरेका छन् ।
रोगको उपचार गर्ने निकाय हुदाँ हुदै सामाजिक अन्धविश्वासको पछि लागि यदि कसैलेपनि गैरकानुनि कार्य गरे कानुन बमोजिम कार्वाही हुने अधिकारीले बताए ।
त्यहाँका धामी झाँक्रिले भने सौचालय भत्काएपछि छात्राहरुलाई निको हुने बताएको स्थानिय दिपक चन्दले बताए ।