२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रमुख गाँउ–गाँउमा 

२८ मंसिर २०७२, सोमबार २१:३४

Nepal Prahari

नरी बडु । मंसिर २९, बैतडी । बैतडी जिल्लाको सान्ति सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालयका प्रमुख महोन पोखरेल सहितको टोली अनुगमनको लागि जिल्लाका दुर्गम गाँउ–गाँउमा जान थालेको छ ।

जिल्लामा घट्ने विभिन्न किसमका घटना, अपराधिक क्रियाकलाप र यस्मा प्रहरीको सक्रियताको बारेमा अनुगमन गरी प्रहरी सेवालाई अझै जनस्तरसम्म पुर्याउन प्रमुख पोखरेल नेतृत्वको टोली जिल्लाका दुर्गम गाँउ जान थालेको हो ।

बैतडी जिल्लाको दुर्गम क्षेत्रका ठाँउहरुमा महिला हिंसा, जाँडरक्सी सेवन, आत्माहत्या लगायतका घटनाहरु बढ्न थालेपनि उक्त घटनाहरु नियन्त्रण गर्ने उद्देश्यले गाँउ–गाँउमा जान लागिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख पोखरेलले बताए ।

पोखरेलका अनुसार यसपाली जिल्लाको दुर्गम तल्लोस्वराड क्षेत्रका नागार्जुन, गिरेगडा, रोडिदेवल, माहाकाली, पञ्चेश्वर, मेलौली, शिवनाथ, माँहारुद्र, कुलाउ, सलेना लगायतका गाविसहरुमा अनुगमन गरीएको छ । सदरमुकामको पहँुचभन्दा टाढा रहेका स्थानियमाझ यसरी जिल्ला प्रहरी प्रमुख शान्ति सुरक्षाको बारेमा सुझाव, सल्लाह र स्थानियको गुनासा सुन्न पुगेपछि स्थानियवासिले खुसि व्यक्त गर्दै प्रहरी प्रमुख पोखरेलको खुबै प्रसंसा गरेको माहाकालीका स्थनिय मोहन बहादुर चन्दले बताए ।

अनुगमनको क्रममा शान्ति सुरक्षामा नेपाल प्रहरी तल्लीन रहेको पाईएपनि उनिहरुले बस्ने चौकि तथा ईलाका का भवनहरुको अवस्था नाजुक रहेको पाईएको छ । रातदीन, घामपानी र चिसो गर्मिको प्रवाह नगरी जनाताको सेवामा २४ सै घण्टा खटीने प्रहरीले बस्ने भवनहरु कोही भाडामा छन भने कोहिको अवस्था आफैमा नाजुक छ तरपनी कुनै निकायले यसतर्फ ध्यान दिन सकेको स्थानियको भनाई छ ।

प्रहरी प्रमुख खरेलका अनुसार अबका दिनमा पनि जिल्ला विभिन्न दुर्गम क्षेत्रमा यसरीनै शान्ति सुरक्षाको बारेमा अनुगमन गरीने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव