२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रमुख गाँउ–गाँउमा 

२०७२, २८ मंसिर सोमबार २१:३४

Nepal Prahari

नरी बडु । मंसिर २९, बैतडी । बैतडी जिल्लाको सान्ति सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालयका प्रमुख महोन पोखरेल सहितको टोली अनुगमनको लागि जिल्लाका दुर्गम गाँउ–गाँउमा जान थालेको छ ।

जिल्लामा घट्ने विभिन्न किसमका घटना, अपराधिक क्रियाकलाप र यस्मा प्रहरीको सक्रियताको बारेमा अनुगमन गरी प्रहरी सेवालाई अझै जनस्तरसम्म पुर्याउन प्रमुख पोखरेल नेतृत्वको टोली जिल्लाका दुर्गम गाँउ जान थालेको हो ।

बैतडी जिल्लाको दुर्गम क्षेत्रका ठाँउहरुमा महिला हिंसा, जाँडरक्सी सेवन, आत्माहत्या लगायतका घटनाहरु बढ्न थालेपनि उक्त घटनाहरु नियन्त्रण गर्ने उद्देश्यले गाँउ–गाँउमा जान लागिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख पोखरेलले बताए ।

पोखरेलका अनुसार यसपाली जिल्लाको दुर्गम तल्लोस्वराड क्षेत्रका नागार्जुन, गिरेगडा, रोडिदेवल, माहाकाली, पञ्चेश्वर, मेलौली, शिवनाथ, माँहारुद्र, कुलाउ, सलेना लगायतका गाविसहरुमा अनुगमन गरीएको छ । सदरमुकामको पहँुचभन्दा टाढा रहेका स्थानियमाझ यसरी जिल्ला प्रहरी प्रमुख शान्ति सुरक्षाको बारेमा सुझाव, सल्लाह र स्थानियको गुनासा सुन्न पुगेपछि स्थानियवासिले खुसि व्यक्त गर्दै प्रहरी प्रमुख पोखरेलको खुबै प्रसंसा गरेको माहाकालीका स्थनिय मोहन बहादुर चन्दले बताए ।

अनुगमनको क्रममा शान्ति सुरक्षामा नेपाल प्रहरी तल्लीन रहेको पाईएपनि उनिहरुले बस्ने चौकि तथा ईलाका का भवनहरुको अवस्था नाजुक रहेको पाईएको छ । रातदीन, घामपानी र चिसो गर्मिको प्रवाह नगरी जनाताको सेवामा २४ सै घण्टा खटीने प्रहरीले बस्ने भवनहरु कोही भाडामा छन भने कोहिको अवस्था आफैमा नाजुक छ तरपनी कुनै निकायले यसतर्फ ध्यान दिन सकेको स्थानियको भनाई छ ।

प्रहरी प्रमुख खरेलका अनुसार अबका दिनमा पनि जिल्ला विभिन्न दुर्गम क्षेत्रमा यसरीनै शान्ति सुरक्षाको बारेमा अनुगमन गरीने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने