२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवन राष्ट्रिय निकुञ्जमा अग्निरेखा निर्माणको काम अन्तिम चरणमा

२६ फाल्गुन २०७३, बिहीबार ०७:२५

फागुन २६, चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र अग्निरेखा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । 

यस सँगसँगै घाँसे मैदानका लागि नियन्त्रित आगोसमेत लगाउन थालिएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार पूरै निकुञ्ज क्षेत्रमा आवश्यकताअनुसार अग्निरेखा निर्माण गरिन्छ । यकिन क्षेत्रफल थाहा नहुने भए पनि २५० किलोमिटरभन्दा बढी क्षेत्रमा अग्निरेखा निर्माण गरिने उहाँले बताउनुभयो । 

पाँच मिटरको हाराहारीको चौडाइमा रहेका घाँस पातपतिङ्गर हटाएर दुई क्षेत्रमा विभाजन गर्ने काम नै अग्निरेखा हो । जसले एकापट्टि क्षेत्रमा आगलागी हुँदा सो आगो अर्को क्षेत्रमा जान दिँदैन । जसले गर्दा एकातर्फ आगो लाग्दा वन्यजन्तु अर्कोतर्फ गएर बस्न र चर्न पाउने अर्यालले बताउनुभयो । 

घाँसे मैदान व्यवस्थापन गर्नका लागि कतिपय ठाउँमा निकुञ्ज आफँैले नियन्त्रित आगो लगाउँछ भने कतिपय क्षेत्रमा आफँै आगो लाग्ने गर्दछ । अग्निरेखा निर्माण कार्य माघको पहिलो सातावाट सुरु गरिएकामा यो महिनाको मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य निकुञ्जले राखेको छ । 

वन क्षेत्रको अवस्था हेरेर अग्निरेखा निर्माण गर्ने क्षेत्र तय गरिन्छ । एउटा अग्निरेखाबाट अर्को अग्निरेखाको दूरी वनको अवस्थामा निर्भर हुने उहाँले बताउनुभयो । 

नदी तटीय क्षेत्रमा जोखिम कम हुने हुँदा एउटाबाट अर्को अग्निरेखाको दूरी लामो हुन सक्छ भने साल र मिश्रित वनमा दूरी कम हुने अर्यालले बताउनुभयो । यद्यपि निकुञ्जको बीचमा खोलानाला भएको ठाउँमा अग्निरेखा जरुरत हुँदैन । 

राम्रो घाँसे मैदान निर्माणका लागि आगो लगाउनु अति आवश्यक हुन्छ । अग्निरेखा अन्तिम चरणमा पुग्दै गर्दा घाँसे मैदान व्यवस्थापनका लागि आगो लगाउने कार्य तीव्र गतिमा अघि बढेको निकुञ्जले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला