पढ्न करिब 2 मिनेट लाग्छ

टेक शाही | फागुन २७, डोल्पा | गएको दुइ दिनदेखि परेको हिमपातले माथिल्लो डोल्पका ७ गाविसको जनजिवन प्रभाबित भएको छ । निरन्तर परेको हिमपात साढे एक फिट भन्दा बढि जमेको छ भने चिसोले पूरै जनजविन प्रभाबित भएको छ । माथिल्लो डोल्पाको हिमापतले फोक्सुण्डो, भिजेर,सालादागँ, तिन्जे, धो, छार्का र मुकोट गाविसको पूरै जनजिवन प्रभाबित भए पछि कतै कतै रहेका भिस्याटका फोन पनि अबरुद्ध भएका छन ।

यता लामो समय देखि हिमपात र बर्ष नँभएपछि बिभिन्न रोगहरु फैलिन लागेको बेला बर्ष र हिमपात हुन लागे पछि तल्लो डोल्पाका कृषकहरु खुसि भएका छन । चैत्रको पहिलो साता देखि आलु र अन्तीम साता देखि मकै,कोदो,चिनो,सिमी लगायतका अन्नबाली लागउन सजिलो हुने भएकोले खेति गर्न सजिलो हुने भन्दै कृषकहरुले खुसि ब्यक्त गरेका हुन ।

पहिलेका बर्षमा हिउदमा भारि हिमपात हुने र बर्ष पनि समयाअनुकुल हुने गरेको तर अहिले कतै पानि पर्ने र कतै पानी र हिमपात नै नँहुने गरेकोले बातावरणिय अनुकुलनको प्रभाब भएको बिज्ञहरु बताउछन । हाल सम्मकै इतिहाँसमा हिउदमा सदरमुकाम सम्म हिमपात नँभएको पहिलो रेर्कड रहेको सदरमुकामबासि बृद्धाहरु बताउछन ।

निरन्तर परेको पानि र हिमपातको कारण एक मात्र यातायातको माध्यामा हवाइ यातायात पनि प्रभाबित भएको छ । हवाय यातायात अबरुद्ध हुदा यात्रूहरु मर्कामा परेका छन । यात्रा गर्नको लागि जुफाल बिमानस्थल सम्म पुगेका यात्रिहरु दुइ दिन देखि हवाय उडान नँहुदा बिमानस्थलका होटेलमा थन्कीएका छन ।