2026-10-29 05:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

दुइ दिनदेखि परेको हिमपातले माथिल्लो डोल्पाको जनजिवन प्रभाबित, तल्लो डोल्पाका कृषक खुसि


टेक शाही | फागुन २७, डोल्पा | गएको दुइ दिनदेखि परेको हिमपातले माथिल्लो डोल्पका ७ गाविसको जनजिवन प्रभाबित भएको छ । निरन्तर परेको हिमपात साढे एक फिट भन्दा बढि जमेको छ भने चिसोले पूरै जनजविन प्रभाबित भएको छ । माथिल्लो डोल्पाको हिमापतले फोक्सुण्डो, भिजेर,सालादागँ, तिन्जे, धो, छार्का र मुकोट गाविसको पूरै जनजिवन प्रभाबित भए पछि कतै कतै रहेका भिस्याटका फोन पनि अबरुद्ध भएका छन । 

यता लामो समय देखि हिमपात र बर्ष नँभएपछि बिभिन्न रोगहरु फैलिन लागेको बेला बर्ष र हिमपात हुन लागे पछि तल्लो डोल्पाका कृषकहरु खुसि भएका छन । चैत्रको पहिलो साता देखि आलु र अन्तीम साता देखि मकै,कोदो,चिनो,सिमी लगायतका अन्नबाली लागउन सजिलो हुने भएकोले खेति गर्न सजिलो हुने भन्दै कृषकहरुले खुसि ब्यक्त गरेका हुन । 

पहिलेका बर्षमा हिउदमा भारि हिमपात हुने र बर्ष पनि समयाअनुकुल हुने गरेको तर अहिले कतै पानि पर्ने र कतै पानी र हिमपात नै नँहुने गरेकोले बातावरणिय अनुकुलनको प्रभाब भएको बिज्ञहरु बताउछन । हाल सम्मकै इतिहाँसमा हिउदमा सदरमुकाम सम्म हिमपात नँभएको पहिलो रेर्कड रहेको सदरमुकामबासि बृद्धाहरु बताउछन । 

निरन्तर परेको पानि र हिमपातको कारण एक मात्र यातायातको माध्यामा हवाइ यातायात पनि प्रभाबित भएको छ । हवाय यातायात अबरुद्ध हुदा यात्रूहरु मर्कामा परेका छन । यात्रा गर्नको लागि जुफाल बिमानस्थल सम्म पुगेका यात्रिहरु दुइ दिन देखि हवाय उडान नँहुदा बिमानस्थलका होटेलमा थन्कीएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने