पर्वत ।  ‘मिर्गौला रोग र मोटोपना, स्वस्थ मिर्गौलाको लागि स्वस्थ जीवनशैली’ भन्ने नारासहित विहिबार विश्व मिर्गौला दिवस नेपालमा पनि विभिन्न जनचेतनामु्लक कार्यक्रम गरी मनाइएको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पर्वत ।  ‘मिर्गौला रोग र मोटोपना, स्वस्थ मिर्गौलाको लागि स्वस्थ जीवनशैली’ भन्ने नारासहित विहिबार विश्व मिर्गौला दिवस नेपालमा पनि विभिन्न जनचेतनामु्लक कार्यक्रम गरी मनाइएको छ ।"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा मृगौला रोगीको संख्या बढ्दो

२७ फाल्गुन २०७३, शुक्रबार ०५:००


पर्वत ।  ‘मिर्गौला रोग र मोटोपना, स्वस्थ मिर्गौलाको लागि स्वस्थ जीवनशैली’ भन्ने नारासहित विहिबार विश्व मिर्गौला दिवस नेपालमा पनि विभिन्न जनचेतनामु्लक कार्यक्रम गरी मनाइएको छ । सन् २००६ देखि हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार मिर्गौला दिवस मनाउन सुरु गरिएको हो ।

पर्वतमा मृगौला रोगीको तथ्याङक कति छ भन्ने बारेमा एकिनका साथ भन्न नसकिने जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । पर्वत जिल्लामा मृगौला रोगीको संख्या बढेको छ वा छैन त्यसको बारेमा सर्वैक्षण नगरी भन्न नसकिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख फणिन्द्र बराल बताउँछन् । 

जिल्लामा मृगौला रोगीको सर्वेक्षण नभएकोले अझसम्म मृगौला रोगीको बारेमा तथ्याङक संकलन गर्न नसकिएको  उनले बताए । कडा मृगौला रोग लागेर स्वास्थ्य मन्त्रालयमा सिफारिस गरिएका मृगौला रोगीको तथ्याङक भने जिल्लामा १५ जना रहेको तथ्याङकले देखाएको छ । साउनदेखि माघमासन्त सम्ममा जिल्लामा ६९ जना कडा रोगका विरामीहरु रहेको र जसमध्ये १५ जना मृगौला पीडित रहेको उलने बताए । आजको सहारान्यूज दैनिकमा खबर छ ।

गत आवमा पर्वतमा १४२ जना कडा रोगका रोगीहरु रहेको जिल्ला स्वास्थ्य कार्यालय पर्वतको तथ्याङकले देखाएको छ । जसमध्ये २५ जना मृगौला रोगीलाई स्वास्थ्य मन्त्रालयमा सहयोगका लागि सिफारिस गरेको जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक दश जनामध्ये एक जनालाई कुनै न कुनै प्रकारको मिर्गौलासम्बन्धी समस्या देखिने गरेको छ । नेपालमा ३० लाख मानिसमा मिर्गौलासम्बन्धि कुनै न कुनै प्रकारको रोग लाग्ने गरेको चिकित्सकहरु बताउँछन् । 

मिर्गौला रोगीको संख्या बर्षेनी करिब ३ हजारको हाराहारीमा थपिने गरेको सरकारी तथ्याङ्क छ । कुल जनसंख्याको १२ प्रतिशतमा मधुमेह रोग रहेको र तीमध्ये ३५ देखि ४० प्रतिशतको मिर्गौला खराब हुन्छ । रक्तचाप भएका १५ देखि २० प्रतिशतको पनि मिर्गौला खराब हुने गरेको विभिन्न तथ्याङ्कले देखाएका छन् । अहिलेकै रफतारमा मोटोपना बढ्दै जाने हो भने आगामी सन् २०२५ सम्ममा १९ प्रतिशत पुरुष र २१ प्रतिशत महिलामा मिर्गौला रोगको एक मात्र कारण बन्न सक्ने अनुमान गरिएको छ । सन् २०१४ मा मोटोपनाको कारण मात्र विश्वका ६० करोड मानिसमा मिर्गौलाको समस्या देखिएको थियो ।


नेपालमा सन् २००८ बाट बीर अस्पताल र शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु भएको छ । हाल नेपालका ४३ सरकारी तथा निजी अस्पतालबाट डायलासिस सेवा तथा वीर, त्रिवि शिक्षण अस्पताल, मानवअङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर र ग्रान्डी अन्तराष्ट्रिय अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट