२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोकमा महिलाको शव खोलामा भेटियो

२०७३, २७ फाल्गुन शुक्रबार ०९:१४

फागुन २७, मेलम्ची । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१३ ज्यामिरेबाट गत फागुन १९ गतेदेखि सम्पर्कविहीन भएकी ४० वर्षीया गोपिनी नेपालीको शव आज फेला परेको छ । 

मेलम्ची नपा–१३ स्थित अँधेरी खोलामा स्थानीयवासी घाँस दाउरा गर्न जाँदा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचनाप्राप्त हुनासाथ तत्काल घटनास्थल पुगेका प्रहरी टोली र आफन्तले दुर्गन्धित अवस्थाको उक्त शव गोपिनी नेपालीकै भएको पुष्टि गरेका छन् । 

इप्रका, मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गानाले शव परीक्षणका लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिनुभयो । 

यसैबीच आज मेलम्ची नपा–१० छापभञ्ज्याङबाट फट्केश्वरतर्फ आउँदै गरेको बा४ख ६७०६ नंको ट्रक अनियन्त्रित भई सडकबाट २०० मिटर तल खस्दा उदयपुर घर भई काठमाडौँ कपनमा बस्दै आएका ३५ वर्षीय ट्रक चालक राजन बस्नेत गम्भीर घाइते भएका छन् । उनको नेपाल मेडिकल कलेज, जोरपाटीमा उपचार भइरहेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने