२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

होली विशेष सुरक्षा जाँचमा ६० जना पक्राउ

२०७३, ३० फाल्गुन सोमबार ०२:२४

फागुन ३०, चितवन । होली पर्वको अवसरमा चितवनमा कानुन विपरीत गतिविधि गर्ने ६० जनालाई प्रहरीले पक्राउ गरेको छ । 

आइतबार चितवनका विभिन्न क्षेत्रमा प्रहरी परिचालन गरी अवाञ्छित गतिविधि गर्ने, सवारी नियम उल्लङ्घन गर्ने, नशालु पदार्थ खाने र मापसे गरेर सवारी चलाउने गरी ६० जनालाई कारबाही गरिएको चितवन प्रहरीले जनाएको छ । 

होली पर्वलाई शान्तिपूर्ण बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय चितवनको होली विशेष सुरक्षा योजनाअनुसार खटिएका प्रहरी टोलीले जिल्लाका विभिन्न क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । 

आइतबार जिल्लाभर ३७८ जना प्रहरी परिचालन गरिएको, २७ स्थानमा चेक प्वाइन्ट र सात स्थानमा चेकिङ तथा आवश्यकताअनुसार सादा पोसाकमा समेत प्रहरी खटाइएको प्रहरीले जनाएको छ । 

सो क्रममा सवारी नियम उलङ्घन गरी सवारी चलाउने ३९ जना, मापसे गरी मोटरसाइकल चलाउने ११ जना र बोलेरो चालक एक जना तथा नशालु पदार्थ सेवन गर्ने नौ जनालाई नियन्त्रणमा लिइएको छ । 

उनीहरुलाई कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । आइतबार पहाडी क्षेत्रमा होली भए पनि चितवनमा धुमधामले होली मनाइएको छ । चितवनमा आज पनि होली मनाइन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने