१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

प्रहरीले गिरप्तार गरेका रातका जोडी मंगलबार रिहा

१३ फाल्गुन २०७२, बिहीबार ०३:१८

नरी बडु/ फागुन १३ बैतडी । गएको आईतबार राति बैतडीका छुट्टा छुट्टै दुई स्थानबाट प्रहरीले गिरप्तार गरेका रातका जोडी मंगलबार रिहा भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीले आज उपरान्त त्यस्तो काम नगर्ने सर्तमा उनिहरुलाई मंगलबार बिहान रिहा गरेको हो ।
आईतबार राती बैतडीको बाराको जंगलमा र सदरमुकाम गोठलापानी को एक होटलबाट ति जोडिहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका दुवै जोडीहरु जिल्लाको विकास र समाज सेवाकै काम गर्ने भएपनि आपत्तिजनक अवस्थामा भेटेपछि उनिहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका दुबै जोडिले आफुहरु ले त्यस्तो कुनै खराब काम गर्ने मनसाय बोकेर संगै नबसेको तर संयोगवस यस्तो घटना भएको बताउदै आएका छन् । तर उनिहरुले आज उपरान्त भने यस्तो कार्य नगर्ने बताएका छन् ।

जिल्लाको समाजसेवा गर्ने उद्देश्यले विभिन्न काममा संलग्न भएपनि त्यस्तो हालतमा देखिनुले उनि विवादित भएका हुन् ।

पछिल्लो समय यस्ता क्रियाकलाप नियन्त्रणमा बैतडी प्रहरी सक्रिय हुन थालेपछि आउदा दिनमा यस्ता विकृति फैलाउने घटनाहरुभने कम हुने स्थानियले आकलन गरेका छन् ।

बैतडीमा यस्ता घटनाले खासै चर्चा नपाएपनि छिटपुट रुपमा भने भएकै पाईन्छ ।
वर्तमान समयमा जिल्लामा विभिन्न होटल र रेष्टुरेन्टहरु धमाधम खुल्न थालेपछि यस्ता क्रियाकलापले पनि बर्चश्व जमाउन थालेको हो । यस्तो सामाजिक विकृति र विसंगती रोक्नु जरुरी रहेको स्थानियको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का