२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

प्रहरीले गिरप्तार गरेका रातका जोडी मंगलबार रिहा

२०७२, १३ फाल्गुन बिहीबार ०३:१८

नरी बडु/ फागुन १३ बैतडी । गएको आईतबार राति बैतडीका छुट्टा छुट्टै दुई स्थानबाट प्रहरीले गिरप्तार गरेका रातका जोडी मंगलबार रिहा भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीले आज उपरान्त त्यस्तो काम नगर्ने सर्तमा उनिहरुलाई मंगलबार बिहान रिहा गरेको हो ।
आईतबार राती बैतडीको बाराको जंगलमा र सदरमुकाम गोठलापानी को एक होटलबाट ति जोडिहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका दुवै जोडीहरु जिल्लाको विकास र समाज सेवाकै काम गर्ने भएपनि आपत्तिजनक अवस्थामा भेटेपछि उनिहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका दुबै जोडिले आफुहरु ले त्यस्तो कुनै खराब काम गर्ने मनसाय बोकेर संगै नबसेको तर संयोगवस यस्तो घटना भएको बताउदै आएका छन् । तर उनिहरुले आज उपरान्त भने यस्तो कार्य नगर्ने बताएका छन् ।

जिल्लाको समाजसेवा गर्ने उद्देश्यले विभिन्न काममा संलग्न भएपनि त्यस्तो हालतमा देखिनुले उनि विवादित भएका हुन् ।

पछिल्लो समय यस्ता क्रियाकलाप नियन्त्रणमा बैतडी प्रहरी सक्रिय हुन थालेपछि आउदा दिनमा यस्ता विकृति फैलाउने घटनाहरुभने कम हुने स्थानियले आकलन गरेका छन् ।

बैतडीमा यस्ता घटनाले खासै चर्चा नपाएपनि छिटपुट रुपमा भने भएकै पाईन्छ ।
वर्तमान समयमा जिल्लामा विभिन्न होटल र रेष्टुरेन्टहरु धमाधम खुल्न थालेपछि यस्ता क्रियाकलापले पनि बर्चश्व जमाउन थालेको हो । यस्तो सामाजिक विकृति र विसंगती रोक्नु जरुरी रहेको स्थानियको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक