नरी बडु/फागुन २१, बैतडी । लोक सांगितिक क्षेत्रमा उदाउदा कलाकार मुकेश भट्ट (वासुदेव) को “स्याउलाई माया नास्पाती बोटैले, मलाई माया कान्छीको ओठैले” स्याउ पलायो नास्पतिको बोटैमा स्याउ पलायो लोक दोहोरि गीत सार्वजनिक भएको छ ।
बैतडिमा जन्मनुभएका भट्टको सातौँ दोहोरिको रुपमा उक्त गित आज देखि बजारमा सार्वजनिक भएको हो । गायक मुकेस भट्टलाई उक्त गितमा गायिका माया भट्राइले साथ दिएकि छिन ।
स्टेज प्रोग्रामलाई लक्षित गरि गाइएको उक्त गितले नया पुस्ताको मन जित्ने विश्वास गरिएको छ । शब्द संकलन समेत भट्ट आफैले गरेका उक्त गितलाई काठमाण्डौमा रहेको मालाश्री स्टुडियोले संगित दिइ दोहोरिको रुपमा बाहिर ल्याएको हो ।
यस अघि भट्टका “जोडि देउन सानु” लगायतका अन्य दोहोरि गितहरु सार्वजनिक भइसकेका छन । दोहोरी क्षेत्रमा क्रियासिल भट्ले आउदा दिनमा सुदूरपश्चिमको कला, संस्कृतिलाई जोगाउने उद्देश्यले डेउडा गीत पनि गाउने तयारीमा रहेको बताएका छन् । आफुले गाएको गितहरु सुन्न चाहेमा ९८४८७३६६४९ मा सम्पर्क गरी श्रोताहरुलाई आफ्नो ईमेल ठेगाना उपलब्ध गराउन आग्रह गरेका छन् ।