2026-09-03 07:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

सरसफाइ अनुगमनमा गएको क्षेत्रिय इन्जीनियरको टोली सम्पर्क बिहिन

 टेक शाही/चैत १, डोल्पा ।  खानेपानि तथा सरसफाइ सम्बन्धी अनुगमनको लागि फागुन २४ गते फोक्सुण्डो गएको टोली सम्पर्क बिहिन भएको छ । फागुन २४ गते बिहान फोक्सुण्डोको लागि गएको क्षेत्रिय अनुगमन तथा सुपरिबेक्षक सुर्खेतका सिनियर डिभिजन ईन्जीनियर आबिद हुसेन सहित १२ जनाको टोली एक साता बिति सक्दा पनि सम्पर्क नँआएर सम्पर्क बिहिन भएको हो । 

सरसफाइको अबस्थाका बारेमा अनुगमनमा फोक्सुण्डो गएका सिनियर डिभिजन ईन्जीनियर आबिद हुसेनसँगै  खानेपानि कार्यालय डोल्पका कार्यालय सहयोगि काँशिराम उखेडा,नयाँ शक्ति नेपालका प्रतिनिधि चन्द्र गूरुगँ,गैरसरकारी सँस्था सेप्ड्रा नेपालकी फिल्ड सुपरभाइजर जुन कुमारि हिराचन,सो सँस्थका अर्का कर्मचारि छेवागँ लामा रहनु भएको छ । 

उक्त अनुगमन टोलीसँग नेपाल जलबायु परिवर्तन सहयोग कार्यक्रमका क्षेत्रिय कोर्डिनेटर अब्दुल सइम अन्सारि जिल्ला सो सँस्थाका डोल्पा जिल्लाका सँयोजक सन्तोष खनाल उहाँकि धर्म पत्नी लेखापाल तारा प्रसाद आचार्य र कार्यालय सहयोगि धनरुप कार्कि फोक्सुण्डो ताल भर्मणको लागि जानु भएको थियो । फोक्सुण्डो गएको टोली सँगै शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जका २ जना गेमस्काउट पनि गएका थिय । 

यसरि २४ गते बिहान दुनैबाट गएको टोली २७ गते फकिैनु पर्ने भए पनि एक साता बिति सक्दा सम्पर्कमा नआउदा आफन्तहरु आत्तिीएका छन । अनुगमनमा गएको टोली हिमपातले सम्पर्कमा नँआउदा आफन्तले चिन्ता ब्यक्त गरेका छन । 

आज नेपाली सेनाको टोलीले खोजी गर्ने भएको प्रमूख जिल्ला अधिकारि केशव राज आचार्यले जानकारि दिनु भयो । अनुगमन गएको टोली फोक्सुण्डो पुगेकै दिनमा हिमपात भए पछि यस्तो सम्स्या आएको र फोक्सुण्डोका केहि स्थानियले सुरक्षित रहेको बताए पछि केहि हत सम्म सान्तीको महसुस गरेको पनि प्रमूख जिल्ला अधिकारि आचार्यले बताउनु भयो । 

फागुन २४ गते अनुगमनको टोली सदरमुकामबाट हिडेको र २६ गते बिहानबाट हिमपात हुन लागे पछि टोली सम्पर्कमा आउन नँसकेको हो । 

आफन्तले निरन्तर खोजी गरेपछि र अनुगमनमा गएको टोली सम्कर्पमा नँआए पछि प्रमूख जिल्ला अधिकारिको सँयोजकत्वमा आकस्मीक बैठक बसि मँगलबार बिहान नेपाली सेनको एक टोली खोजीको लागि फोक्सुण्डो जाने भएको खानेपानि तथा सरसफाइ सब डिभिजन प्रमूख उमेश झा ले बताउनु भयो । पैदलमार्गबाट नँसकिए हेलीकप्टरको समेत प्रयोग गरिने र आफन्तलाइ कुनै चिन्ता नँगर्न पनि झा ले बताउनु भयो । 

डोल्पा जिल्लालाइ खुल्ला दिशामूक्त जिल्लाका रुपमा घोषणा गर्ने तयारि रहेको बेलमा क्षेत्रिय खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिको टोलीले डोल्पा जिल्लाको अनुगमन गरि रहेको छ । जिल्लका बिभिन्न गाविसमा बिभिन्न टोलीमा बिभाजित भइ सरसफाइको अबस्थका बारेमा अनुगमन भइ रहेको छ । सोहि अनुसार एक टोली फोक्सुण्डो गाविसमा गएको थियो । यसरि अनुगमनमा गएको टोली एक साता सम्म जिल्लामा नँफर्कि सम्पर्क बिहिन भए पछि प्रमूख जिल्ला अधिकारिलाइ उनिहरुका आफन्तबाट दवाब आएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही