२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मेलमिलापको चेतना जगाउन सिन्धुपाल्चोकका गाउँगाउँमा नाटक

२०७३, २ चैत्र बुधबार ०२:४१

चैत २, मेलम्ची । समाज घट्ने साना तथा ठूला घटनालाई समाजमै मिलाउनको लागि सिन्धुपाल्चोक जिल्लाको गाउँगाउँमा मेलमिलापसम्बन्धी सचेतनात्मक सडक नाटक प्रस्तुत गरिएको छ । 

जिल्लाभरि नै सामुदायिक मेलमिलाप केन्द्रको बारेमा जानकारी दिने र यसको प्रभावकारिताका बारेमा सूचित गर्ने उद्देश्यले प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको आयोजना र दि एसिया फाउन्डेसनको सहयोगमा आवाज आर्ट क्रियसनले जनचेतनामूलक सडक नाटक अभियान सञ्चालन गरेको हो । 

आर्ट क्रियसनले सिन्धुपाल्चोकका हरेक नगरपालिका र गाउँपालिकामा जनचेतनामूलक सडक नाटक अभियान सञ्चालन गरेको हो । स्थानीयस्तरमा हुने विवाद अदालतसम्म पुग्नबाट रोकी सोही क्षेत्रमा नै संवादबाट समाधान गर्ने लक्ष्य लिएर सडक नाटक अभियान सुरु गरिएको आवाज आर्ट क्रियसनका निर्देशक कृष्णप्रसाद धितालले बताउनुभयो । 

जिल्लामा ७०० भन्दा बढी विवाद लिखित सहमतिका साथ समाधान भइसकेकाले अभियान निकै प्रभावकारी बनेको प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल सिन्धुपाल्चोकका कार्यक्रम संयोजक उद्धवप्रसाद अधिकारीले बताउनुभयो । 

आयोजक टिमले सचेतनामूलक सडक नाटक अभियान चैत महिनासम्म चल्ने बताएको छ । नाटकमार्फत चेतना फैलाउँदै गाउँगाउँमा फाटेका मनलाई जोड्ने अभियान निकै प्रभावकारी बन्ने आयोजकको दाबी छ । 

स्थानीयस्तरमा हुने विवादलाई मिलाएर शान्ति कायम गर्न सडक नाटक कार्यक्रमलाई सञ्चालन गरिरहेको प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रका कार्यकारी निर्देशक चुपबहादुर थापाले बताउनुभयो । दुई पक्षको विवादलाई संवाद गरेर मिलाउने काम सामुदायिक मेलमिलाप केन्द्रले गर्ने थापाको धारणा छ । 

सरकारले द्वन्द्व तथा विवाद छलफलबाट निवारण गर्ने उद्देश्यले २०६८ सालमा मेलमिलापसम्बन्धी ऐन र २०७० सालमा नियमावाली नै ल्याएको थियो । 

सोही ऐन र नियमावलीको अधिनमा रही प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले मध्यमाञ्चल क्षेत्रको पाँच जिल्लामा सामुदायिक मेलमिलाप कार्यक्रम सञ्चालन गरिरहेको छ । यस अभियान चैतको पहिलो साताबाट काभे्र, दोलखा, रसुवा र नुवाकोटमा सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने