२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा स्थानीय तह पुनःसंरचना कार्यान्वयन

२०७३, २ चैत्र बुधबार ०९:१२

चैत २, झापा । नेपाल सरकारले पछिल्लो समयमा गरेको स्थानीय तहको पुनःसंरचनाअनुसार साविकको जिल्ला विकास समिति (जिविस) झापामा मङ्गलबारदेखि जिल्ला समन्वय समितिको कार्यालय स्थापना भएको सो कार्यालयले जनाएको छ । 

सो संरचनाअनुसार अब जिल्लामा आठ नगरपालिका — मेचीनगर नगरपालिका, दमक नगरपालिका, कन्काई नगरपालिका, भद्रपुर नगरपालिका, अर्जुनधारा नगरपालिका, शिवसताशी नगरपालिका, गौरादह नगरपालिका, विर्तामोड नगरपालिका र गाउँपालिकाहरुमा झापा गाउँपालिका, बुद्धशान्ति गाउँपालिका, कमल गाउँपालिका, गौरीगन्ज गाउँपालिका, बाह्रदशी गाउँपालिका, हल्दिबारी गाउँपालिका र कचनकवल गाउँपालिका भएका छन् । 

विगतमा निकै विवाद रहेको पुनःसंरचनाको विषयमा अन्तिम समयमा सबै राजनीतिक दलको सहमतिमा जिल्लामा आठ नगरपालिका र सात गाउँपालिका भएका छन् । नयाँ संरचनाअनुसार झापाका आठवटा नगरपालिकामा कुल पाँचलाख ५२ हजार दुईसय चार र सातवटा गाउँपालिकामा दुईलाख ५६ हजार ३० जनसङ्ख्या भएको जिल्ला समन्वय समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत दीपक दाहालले बताउनुभयो । 

जिल्ला समन्वय समितिबाट प्राप्त सूचनाअनुसार झापामा सबैभन्दा बढी जनसङ्ख्या मेचीनगर नगरपालिकामा एकलाख ११ हजार सातसय ९७ जनसङ्ख्या र क्षेत्रफल १९२.८५ वर्ग किमी र सबैभन्दा कम कन्काई नगरपालिकामा ४० हजार एकसय ४१ र क्षेत्रफल ८०.९८ वर्ग किमी छन् । 

त्यस्तै, गाउँपालिकामा सबैभन्दा बढी कमल गाउँपालिकामा ४४ हजार तीनसय ६५ र क्षेत्रफल १०४.५७ वर्ग किमी तथा सबैभन्दा कम हल्दिबारी गाउँपालिकामा २९ हजार दुईसय २३ जनसङ्ख्या र क्षेत्रफल ११७.३४ वर्ग किमी रहेको जनाइएको छ । झापाको सबैभन्दा पुरानो नगरपालिका भद्रपुर नगरपालिकामा ६५ हजार पाँचसय ४३ जनसङ्ख्या र क्षेत्रफल ९६.३५ वर्ग किमी रहेको छ । रासस 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति