२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

सामुदायिक वनले दिएको खुसी

२०७३, २ चैत्र बुधबार ०९:४८

चैत २, तेह्रथुम । छातेढुङ्गा– ९, माझीगाउँका बिमाया माझीको परिवारलाई एक वर्ष अघिसम्म अँध्यारोमा रात कटाउनुपथ्र्यो । दिनभर मेलापात गरी साँझमा घर फर्केर अन्धकारमै भात पकाइ खानुपथ्र्यो । केटाकेटीले पनि पढ्न पाउँदैनथे । 

तर अहिले माझी परिवारले अन्धकारमा बस्नु परेको छैन । गाउँको सामुदायिक वन समूहबाट निःशुल्क रुपमा सोलार पाएपछि माझी परिवारको दिन फेरिएको छ । सामुदायिक वनले अनुदानमा सोलार उपलब्ध गराएको हो । 

“मट्टितेल किन्ने पैसा नहुँदा गोबरका गुइँठा बालेर रात गुजार्नुपथ्र्यो, धिपधिपे उज्यालोमा केटाकेटी पढ्न मन गर्दैनथे,” माझीले भन्नुभयो– “सोलार जडान गरेपछि केटाकेटी रातिसम्म मन लगाएर पढ्न् थालेका छन् ।” 

माझी परिवारलाई जस्तै छातेढुङ्गा– ८ का गोपाल बर्देवाको परिवारलाई सामुदायिक वन समूहमार्फत पाएको सोलार बत्तीले राहत मिलेको छ । घरमै सिलाइकटाई व्यवसाय गर्ने बर्देवाको ६ जनाको परिवारलाई पनि मट्टितेल र गोबर गुइँठाबाट छुट्कारा मिलेको छ । 

सोलार बत्ती जोडेपछि सबैभन्दा बढी राहत विद्यार्थीलाई पुगेको छ । सोलार बत्ती जोडेपछि राति अबेरसम्म काम गर्ने गरेका छन् । रेडियो बजाउन र मोबाइल चार्ज गर्न समेत सहज भएको छ । सामुदायिक वन समूहमार्फत सोलार पाएपछि विपन्न परिवारका झुप्रामा बत्ती बलेको छ । 

छातेढुङ्गा र इवा गाविसका सामुदायिक वन समूहमा आवद्ध विपन्न परिवारलाई सोलार वितरण गरिएको हो । नेपाल ग्रामीण पुनःनिर्माण संस्था र सामुदायिक वन उपभोक्ता महासङ्घको साझेदारीमा सञ्चालित बहुसरोकारवाला वन कार्यक्रमअन्तर्गत यहाँका २९० घरधुरीलाई २० वाट क्षमताको सोलार प्रदान गरिएको सामुदायिक वन उपभोक्ता महासङ्घका जिल्ला अध्यक्ष तुलसी सङ्ग्रौलाले बताउनुभयो । 

इवाका १४ वटा सामुदायिक वनका ८२ र छातेढुङ्गाका १५ वटा सामुदायिक वनका दुई सय आठ उपभोक्ताले अहिले सोलार बत्ती प्रयोग गर्न थालेका छन् । सोलार खरिदमा सरकारले ५० प्रतिशत अनुदान दिएको छ । वन समूहको साझेदारीमा कार्यक्रममार्फत सोलार खरिद बत्ती जडान गरिएको हो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने