Skip to content
Friday, July 17, 2026 Nepali Online Media

शौच गर्न गएका तीन बालिकाको ट्याक्टर दुर्घटनामा मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २, धनुषा । सडक छेउमा शौच गर्न गएका तीन बालिकाको बुधबार ट्याक्टरले किचिएर मृत्यु भएको छ ।

मृत्युहुनेमा धनुषा गोठकोयलपुर–९ का सोखीलाल साफीकी तीन वर्षीया छोरी सविता साफी, श्याम साफीकी पाँच वर्षीया छोरी सञ्जिता साफी र ठेकुवा साफीकी पाँच वर्षीया छोरी प्रिया साफी रहेका छन् ।

धनुषा गिद्धाबेलापट्टीबाट इँट्टा लिएर आउँदै गरेको ज १ त ३६२२ नम्बरको ट्याक्टरको स्टेरिङ फेल भएर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको धनुषका प्रहरी नायब उपरीक्षक मनोज यादवले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक यादवका अनुसार शौच गर्न गएको बेला स्टेरिङ फेल भएर ट्याक्टर सडक छेउमा पल्टिँदा तिनैजना बालिकाको मृत्यु भएको हो ।

मृतकको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ भने यता घटनाको विषयमा थप अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो । रासस