२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

दृष्टिविहीन, कैदी र बहिरा विद्यार्थी परीक्षामा सहभागी

२०७३, ३ चैत्र बिहीबार ०८:२४

चैत ३, धुलिखेल । आजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षामा काभ्रे जिल्लाबाट दुई जना दृष्टिविहीन, चार जना कैदी बन्दी र सात जना बहिरा विद्यार्थी परीक्षामा सहभागी भएका छन् । 

जिल्ला शिक्षा कार्यालय काभ्रेको परीक्षा शाखाका शाखा अधिकृत रामबहादुर तामाङका अनुसार दृष्टिविहीन सरिता कार्की र प्रवेग तामाङले श्रीखण्डपुर मावि केन्द्रबाट परीक्षा दिएका हुन् । 

त्यस्तै जिल्ला कारागार शाखा काभ्रेबाट विभिन्न मुद्दामा बन्दी रहेका चार जनाले परीक्षामा सहभागिता जनाइरहेका छन् । वीरबहादुर तामाङ अपहरण तथा हातहतियार मुद्दा, सुरेश श्रेष्ठ कर्तव्य ज्यान मुद्दा, दिनेश श्रेष्ठ सवारी मुद्दा र पेमा लामा ज्यान मुद्दामा कैद खेपिरहेको जनाइएको छ । 

उनीहरु चारै जनाले जिल्ला कारागारबाटै परीक्षा दिइरहेका छन् । यसैगरी सञ्जीवनी मावि केन्द्रबाट सात जना बहिरा विद्यार्थीले परीक्षा दिइरहेका छन् । जसमा शिशिर दवाडी, प्रदीप सापकोटा, लुना पन्त, शारदा अधिकारी, भेषकुमारी चौलागार्इं, रेविका तामाङ र सुनिता नेपाल रहेका छन् । 

शाखा अधिकृत तामाङकाअनुसार सहभागीमध्ये आठ हजार ८० जना नियमिततर्फको परीक्षार्थी रहेका छन् । त्यसबाहेक एक्जाम्टेडतर्फ नयाँमा तीन सय १५ र पुराना तर्फका दुई सय २५ जना रहेका छन् । 

कुल परीक्षार्थीमध्ये एक सय ६५ जना भने विद्यालयको कुल हाजिरीको ७५ प्रतिशत भन्दा कम हाजिर भएकाले परीक्षामा सहभागिता जनाउन नपाएको शाखा अधिकृत तामाङले जानकारी दिनुभयो । 

जिल्लाका सामुदायिक र संस्थागत विद्यालय गरी दुई सय १६ वटा विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भइरहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने