१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

छुटेका भूकम्पपीडितलाई सम्बोधन गर्न माग

३ चैत्र २०७३, बिहीबार १३:५६

चैत ३, नुवाकोट । भूकम्पपीडित लाभग्राहीको सूचीमा नपरेका पीडितको गुनासो तत्काल सम्बोधन गर्न तत्कालीन शिवपुरी गाउँपालिका–७ सुनखानीका बासिन्दाले माग गरेका छन् । 

‘भूकम्पपछिको पुनर्निर्माणको सवाल’ विषयको सार्वजनिक सुनुवाइमा स्थानीय राजनीतिक दल र गाविसका प्रतिनिधि तथा भूकम्प पीडितले छुटमा परेकाहरुको गुनासो सम्बोधन गर्न माग गरेका हुन् । 

इन्सेक र रुडेक नेपालको सहकार्यमा भएको कार्यक्रममा गाविसका प्राविधिक सहायक नारायण पाण्डेले ९८ जना छुटको गुनासो दर्ता भएकामा छको मात्र सुनुवाइ भएकाले बाँकीबारे अन्योल कायम रहेको बताउनुभयो । 

“वास्तविक पीडितहरु छुटेको र उनीहरुको गुनासो राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट सम्बोधन भएर नआउँदा समस्या भएको छ”, उहाँले भन्नुभयो, “उनीहरुले पटक पटक हामीलाई सोध्छन् । जवाफ के दिने ? कहिलेसम्म हुने हो, सरकारले निक्र्याेल गर्नुप¥यो ।” 

नेकपा(एमाले)का स्थानीय अध्यक्ष कृष्णप्रसाद पाण्डे र नेपाली कांँग्रेसका सभापति माधवप्रसाद भेटवालले सरकारले पठाएका प्राविधिकको कमजोरीको कारण अहिले पनि भूकम्पपीडित पीडित भइरहनुपरेकाले छुटलाई तत्काल लाभग्राहीको सूचीमा समेट्न आग्रह गर्नुभयो । 

तत्कालीन सुनखानीमा छ सय ३१ घर लाभग्राहीको सूचीमा परेका थिए । अहिलेसम्म पहिलो किस्ता सूचीमा परेका सबैले प्राप्त गरिसकेका छन् । सुनखानीमा ३५ वटा नयाँ घर निर्माणको चरणमा तथा थप ५० वटाको जग खन्ने काम सम्पन्न भएको प्राधिकरणबाट खटिएका इ रिवज खत्रीेले बताउनुभयो । 

उहाँका अनुसार दक्ष कामदार, निर्माण सामग्री र पीडितसँग घर बनाउनका लािग आवश्यक रकम अभावले नयाँ घर बनाउने कामले तीव्रता लिएको छैन । उहाँले भूकम्पीय जोखिममुक्त घर बनाउनका लागि स्थानीय सामग्री नै प्रयोग गरी पुरानै शैलीको घरसमेत निर्माण गर्न सकिने भएकाले आफ्नो क्षमतानुसारको घर मापदण्डमा रहेर निर्माण गर्न पनि आग्रह गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट