टेक शाही/चैत ४ डोल्पा । अन्तरपाटि महिला सञ्जाल डोल्पाको २ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

बिहिबार देखि सूरु भएको प्रशिक्षणमा अन्तरपाटि म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/चैत ४ डोल्पा । अन्तरपाटि महिला सञ्जाल डोल्पाको २ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

बिहिबार देखि सूरु भएको प्रशिक्षणमा अन्तरपाटि म"/>

२०८३, ७ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

अन्तरपार्टी महिला सञ्जाल डोल्पाको दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

२०७३, ४ चैत्र शुक्रबार १२:२८


टेक शाही/चैत ४ डोल्पा । अन्तरपाटि महिला सञ्जाल डोल्पाको २ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

बिहिबार देखि सूरु भएको प्रशिक्षणमा अन्तरपाटि महिला सञ्जाल केन्द्रीय अध्यक्ष पूर्व स्वास्थ्य मन्त्रि ससि श्रेष्ट र पूर्व केन्द्रीय अध्यक्ष एबम पूर्व बालबालिका मन्त्री निलम केसिको उपस्थितिमा प्रशिक्षण कार्यक्रम गरिएको अन्तरपाटि महिला सञ्जाल डोल्पाले जानकारि दिएको छ । एक आमा अर्थात महिला शिक्षीत भए उसको घरपरिवार नै शिक्षीत हुने र समाजमा रहेको गलत क्रियाकलापहरु भेदभाब जस्ता गलत कुराहरुको अनत्य हुने र एक सफल महिलाको नेतृत्वको बिकास हुने अन्तरपाटि महिला सञ्जाल डोल्पाले बताएको छ । 

जिल्लाका बिभिन्न गाउका महिलाहरुको उपस्थितिमा महिलाहरुको समानुपातिक समाबेशि प्रतिनिधित्व सम्बन्धी अभिमूखि करण कार्याक्रम गरिएको थियो । अन्तरपाटि महिला सञ्जाल भनेको बिभिन्न राजनितिक दलमा रहेका महिलाहरुको सामुहिक सञ्जाल रहेको र यो महिलाहरुको अधिकारको आन्दोलनमो एक सञ्जाल भएको अनतरपाटि महिला सञ्जाल केन्द्रीय अध्यक्ष ससि श्रेष्ठले बताउनु भयो । अबको स्थानिय तहमा महिलाहरु पदिय दायित्वको रुपमा मात्र सहभागि हुने कुरा मान्य नँहुने प्रतिनिधित्व मूलक र शसक्त महिलाको सहभागिता हुनु पर्नेमा पनि पूर्व मन्त्री श्रेष्ठले जोड दिनु भयो ।


डोल्पा जस्तो जिल्लाबाट अबको स्थानिय तहमा महिलाहरुको प्रतिनिधित्व हुनु पर्ने र ति महिलाहरु पदमा मात्र बस्ने नँभएर परिवर्तनशिल र सक्रिय महिलाहरुको सहभागिता गराउनु आवास्यक रहेको बताउनु भयो । १३ बर्षको उमेरमा आफुले बन्दूक बोकेर जेल बस्नु परेको र नेपालमा बन्दुक बोकेर महिलाका हक र अधिकारको बिषयमा युद्ध सूरु गर्ने पहिलो महिला आफु रहेको भन्दै हरेक महिलाले आफै अधिकारको लागि लडाइ लड्नु पर्ने पूर्व केन्द्रीय अध्यक्ष निलम केसिले बताउनु भयो । 

हरेक महिलाले स्वस्थ रुपमा जिवन यापन गर्न पाउनु पर्ने डोल्पा जस्तो दुर्गम जिल्लामा महिलाहरुले धेरै कष्टकरको जिवन यापन गरेकोले यस्मा सबैले सोचेर लाग्नु पर्ने प्रमूख जिल्ला अधिकारि केशबराज आचार्यले बताउनु भयो । 

अब रहेक महिलाले आफनो अधिकारको बिषयमा जानकारि लिनु पर्ने र महिलाहरुले हरेक क्षेत्रका नेतृत्वमा जानु पर्ने र नेतृत्व लिनको लागि लड्नै पर्ने अबस्था भएको पूर्व सभासद दुधकुमारी हमालले जोड दिनु भयो ।

समापनमा बोल्दै अन्तरपाटि महिला सञ्जाल डोल्पाकी अध्यक्ष उर्मिला बिकले अब महिलाहरु चुप नँबस्ने र कुनै पनि अपराध,हिँसामा परेका महिलाको लागि सहयोगि हात बढाउन कुनै कसुर नँराख्ने बताउनु भयो । यो प्रशिक्षणमा जिल्लाका उल्लेख्य महिलाको उपस्थिति रहेको अन्तरपाटि महिला सञ्जाल डोल्पाले जानकारि दिएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ