२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा ३५ वर्षीय छोराको कुटपिटबाट ६३ वर्षीय बाबुको मृत्यु

५ चैत्र २०७३, शनिबार १६:१५

चैत ५, भक्तपुर । मध्यपुर थिमी नगरपालिका–८, पुरानो ठिमीमा छोराको कुटपिटबाट आज बाबुको मृत्यु भएको छ । 

गएराति श्रीकृष्ण प्रजापतिको आफ्नै घरमा घरायसी झगडा हुँदा ६३ वर्षीय श्रीकृष्ण प्रजापतिलाई निजको छोरा ३५ वर्षीय कृष्णकुमार प्रजापतिले कुटपिट गरी गम्भीर घाइते भएका प्रजापतिको आज उपचारका क्रममा मृत्यु भएको हो । 

घाइते प्रजापतिको राति नै कोरिया–नेपाल मैत्री अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि ठिमीस्थित मध्यपुर अस्पताल लगिएको, र त्यहाँ पनि उपचार हुन नसकेपछि वीर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचारकै क्रममा प्रजापतिको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

महानगरीय प्रहरी वृत्त, ठिमीका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले छोराको कुटपिटबाट बाबुको टाउकोमा गम्भीर चोट लागेको अनुसन्धानमा खुलेको बताउँदै प्रजापतिको उपचारकै क्रममा ज्यान गएको बताउनुभयो । 

प्रहरीले कुटपिटमा संलग्न मृतकका छोरा कृष्णकुमारलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जानकारी दिएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…