पढ्न करिब 1 मिनेट लाग्छ

टेक शाही/चैत ७, डोल्पा । जिल्ला प्रशासन कार्यालय डोल्पाबाट पहिलो पटक आमाको नामबाट नागरिक्ता प्रदान गरिएको छ ।

शे–फोक्सुण्डो गाँउपालिका वडा नँ.८ निवासि दावा साङमो बैजिले नेपाली नागरिक्ताको प्रमाण पत्र आमाको नामबाट प्राप्त गर्नु भएको हो । बैजिलाइ जिल्ला प्रसाशन कार्यालय डोल्पाले ५७–०१–७३–००८१८ ना.प्र.नँ.को नेपाली नागरिक्ता दावा साङमो बैजिकी आमा सम्जोकफुटि बैजिको नामबाट प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारि दिएको छ ।

डोल्पा जिल्ला प्रशासनले दावा साङमो बैजिको बुवाको नाम नखुले पछि वडाको मुजुल्का, प्रहरिको मुजुल्का र समबन्धीत गाँउपालिकाको सिफारिसका आधारमा उनलाइ पहिलो पटक आमाबो नामबाट नागरिक्ताको प्रमाण पत्र दिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारि दिएको छ ।

नेपाल सरकारले आमाको नामबाट पनि नागरिक्ता पाउने प्रबाधान बनाए पछि डोल्पा जिल्लामा पहिलो पटक जिल्ला प्रशासन कार्यालय डोल्पाले आमाको नामबाट नेपाली नागरिक्ताको प्रमाण पत्र प्रदान गरेको हो ।

माथिल्लो डोल्पामा यस्ता नागरिक्ता पाउनेको सँख्या बढ्ने खेखिएको छ । हाल दैनिक जिल्ला प्रशासनबाट ४ देखि ६ वटा सम्म नागरिक्ताहरु बितरण हुने गर्दछन ।