२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

पत्रकार महासङ्घ चितवनमा खतिवडा

२०७३, ८ चैत्र मंगलवार ०७:१६

चैत ८, चितवन । नेपाल पत्रकार महासङ्घ चितवन शाखाको अध्यक्षमा पत्रकार राधेश्याम खतिवडा निर्वाचित हुनुभएको छ । 

सङ्घको ११औँ अधिवेशनका क्रममा स्वतन्त्र पत्रकार सङ्घका अध्यक्ष सूर्यप्रकाश कँडेललाई पराजित गर्दै संयुक्त प्यानलका उम्मेदवार खतिवडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । 

खतिवडाले १४५ र प्रतिद्वन्द्वी कँडेलले १९ मत ल्याउनुभयो । यही चैत ५ गते निर्वाचन भए पनि आज महासङ्घले पूर्ण नामावली सार्वजनिक गरेको हो । प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार सङ्गठन र महासङ्घका तर्फबाट उहाँहरुले उम्मेदवारी दिनुभएको थियो ।

यस्तै, महासङ्घको उपाध्यक्षमा नारायण अधिकारी र शान्ता अधिकारी निर्विरोध हुनुभयो भने सचिवमा ३५ मत ल्याउनुभएका राजु चौधरीलाई हराउँदै तीर्थ नेपाल १३२ मतका साथ निर्वाचित हुनुभयो । पदाधिकारीमा अध्यक्ष र सचिव पदका लागि निर्वाचन भएको थियो । 

पत्रकारसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले भागबन्डामा उम्मेदवार दिएका थिए । अध्यक्ष र सचिवमा प्रेस चौतारी, खुला उपाध्यक्ष र एक सहसचिवमा प्रेस युनियन तथा महिला उपाध्यक्ष र कोषाध्यक्षमा प्रेस सेन्टरका प्रतिनिधि विजयी भए । 

सहसचिवमा प्रविण दत्त र सन्तकुमार चौधरी निर्विरोध निर्वाचित भए । यस्तै, महिला सदस्यमा प्रमिता ढकाल, जनजातितर्फ वविलाल तामाङ, दलिततर्फ अमीर रामुदामु र समाबेसीतर्फ रिता ढकाल भगत निर्विरोध चयन हुनुभयो । 

आठजना कार्यसमिति सदस्य पदका लागि १५ जनाको उम्मेदवारी परेको थियो । प्रतिस्पर्धामा संयुक्त प्यानलबाट उम्मेदवार बनेका आनन्द पोखरेल, उमेश काफ्ले, उर्गेन तामाङ, प्रकाश सिग्देल, प्रस्ताव सुवेदी, राजु थापा, राजु सापकोटा र रुपा बस्नेत निर्वाचित हुनुभयो । तेइसजना केन्द्रीय र ३१ जना प्रदेशका सभासद् निर्विरोध भएका थिए । केन्द्रीय सभासद्मा छजना महिला परेका छन् । 

केन्द्रीय सभासद्मा पुरुषतर्फ अनिल ढकाल, कृष्ण गिरी, चिन्तामणि पौडेल, दीपक आचार्य, दीपेन्द्र बढुवाल, नवराज ढकाल, नारायण ढुङ्गाना, वसन्त पराजुली, रामबाबु सुवेदी, विनोद त्रिपाठी, विनोद खतिवडा, विश्वास पौडेल, शालिग्राम नेपाल, शिशिर सिंखडा, सुरेशचन्द्र अधिकारी, हरिप्रसाद पोखरेल र होमनाथ सापकोटा चयन भए । 

महिलातर्फ केन्द्रीय सभासद्मा इन्दिरा दाहाल, चाँदनी हमाल, प्रतिमा सिलवाल, शारदा पौडेल, सविता श्रेष्ठ र सिर्जना अर्याल सर्वसम्मत चयन भएका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने