२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको मितेरी खोलानजिकै एक पुरुष मृत भेटिए

९ चैत्र २०७३, बुधबार ०५:५४

चैत ९, नुवाकोट । ककनी गाउँपालिका–चतुरालेका अमरराज लामिछाने मृत अवस्थामा भेट्टिएका छन् । सोमबारदेखि नै घरबाट सम्पर्कविहीन भएका ४५ वर्षीय लामिछाने मंगलबार बिहान विदुर नगरपालिका–५ मितेरी खोलानजिकै मृत अवस्थामा भेटिएको नुवाकोट प्रहरीप्रमुख देवबहादुर बोहराले जानकारी दिनुभयो । 

स्थानीयवासीले देखेपछि पुगेको प्रहरीको टोलीले घटनास्थलमा नै लामिछानेलाई मृत अवस्थामा भेटाएको थियो । मृतकका आफन्तले घटना रहस्यमय रहेकाले अपराध भएको हुनसक्ने भन्दै प्रहरीसमक्ष गहन अनुसन्धान गर्न माग गरेका छन् । शवपरीक्षण गरी परिवारलाई जिम्मा लगाए पनि के कारणले मृत्यु भएको प्रतिवेदन भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

यसैगरी, इलामको सूर्याेदय नगरपालिकाका एक व्यक्ति मङ्गलबार मृत अवस्थामा भेटिएका छन् । सूनपा–१३ निवासी ४५ वर्षीय भीम दर्नाल मृत अवस्थामा भेटिएका हुन् । 

सोमबार घरबाट निस्किएका दर्नालको शव भिरबाट धेरै तल झरेको अवस्थामा स्थानीयवासीले भेटेर प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट गएको प्रहरी टोलीले शव निकाल्न कठिनाइ भएको प्रहरी निरीक्षक शिव बुढाथोकीले बताउनुभयो । 

उनको लडेर मृत्यु भएको हो या हत्या भएको हो भन्ने बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट