नवीनबावु अधिकारी/चैत ११, सिन्धुली । अहिलेको सुख्खा समय । नजिकका पानीका मुहान सुकेपछि धेरै ठाउँमा पानीको समस्या थपिँदै गएको छ । तर विगतमा खानेपानीको समस्या भोगेका सिन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नवीनबावु अधिकारी/चैत ११, सिन्धुली । अहिलेको सुख्खा समय । नजिकका पानीका मुहान सुकेपछि धेरै ठाउँमा पानीको समस्या थपिँदै गएको छ । तर विगतमा खानेपानीको समस्या भोगेका सिन"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अब खानुपर्दैन सिनो पन्साउँदै सुनकोसीको पानी

११ चैत्र २०७३, शुक्रबार ०७:००

नवीनबावु अधिकारी/चैत ११, सिन्धुली । अहिलेको सुख्खा समय । नजिकका पानीका मुहान सुकेपछि धेरै ठाउँमा पानीको समस्या थपिँदै गएको छ । तर विगतमा खानेपानीको समस्या भोगेका सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बाशेश्वर घोक्सिलाका स्थानीयवासी अहिले भने खानेपानीको समस्याबाट मुक्त भएका छन् । 

नजिकका कुवा तथा खानेपानीको मुहान सुकेपछि सात किमी टाढा सुनकोसी नदीको पानी खान बाध्य भएका यहाँका बासिन्दा अहिले धारामा पानी आउँदा हर्षित छन् । उनीहरुसँग विगतमा खानेपानी थाप्ने भाँडा थिए तर नजिकै पानी थिएन । अहिले भने धारामा पानी छ, तर पानी थाप्ने भाँडा कुनै खाली छैन । भूकम्पले खानेपानीको मुहान, ट्याङ्की, धारा र पाइपमा क्षति भएपछि सुनकोसीको पानी पिउँदै आएका घोक्सिलाका स्थानीय अहिले घर नजिकैका धाराबाट चौबिसै घन्टा पानी झर्दा खुशीले गद्गद् छन् । 

मानव स्वास्थ्यमा सबैभन्दा महत्वपूर्ण चीज पानीलाई लिइन्छ, तर पानी पिउन नपाएर काकाकुल जस्तै बनेका त्यस क्षेत्रका जनतालाई कारितास इन्टरनेसनल नेपालको सहयोग र रिलिफ नेपालको साझेदारीले सुख्खा समयमा पनि पिउने पानी घरनजिकै उपलब्ध गराइदिएको छ । अहिले त्यस क्षेत्रमा तीन खानेपानी आयोजना सम्पन्न भइसकेका छन् । सो खानेपानी आयोजनाबाट एक सय ८६ घरधुरी र एक विद्यालय प्रत्यक्ष लाभान्वित भएका छन् । 

यस्तै, भूकम्पले तहस–नहस पारिदिएको खानेपानीको मर्मतसमेत भएको छ । विगतमा धित मर्नेगरी पानी पिउन नपाउने अवस्था रहेको बताउँदै स्थानीय अम्बिका बरालले भन्नुभयो, “घरबाट सुनकोसीमा पानी बगेको देखिन्छ, तर लिन जाउँ सात किलोमिटर टाढा पर्छ, नुहाउने, लुगाधुने सरसफाइको त परका कुरा, धित मरुन्जेल पनि पानी पिउन पाइँदैनथ्यो ।” 

अझ हामी महिलालाई त घरमा रहेका वस्तुभाउदेखि घरपरिवारका सदस्यलाई पानीको जोहो गर्नुपर्ने त्यो बाध्यताबाट छुट्कारा पाउँदा सपना जस्तै लागेको छ । अब त घर नजिकैका धारामा चौबिसै घन्टा पानी झरिरहन्छ । यसरी आइरहेको पानीको सदुपयोग गर्दै घरनजिकै तरकारी खेतीको सुरुवात गर्ने योजना बनाएको उहाँले बताउनुभयो । 

वर्षौंदेखि काकाकुल भएका हामी अहिले माछा जस्तै भएका छौँ, पानी पर्याप्त भएको छ । पानीलाई पुनः उपयोग गर्न सकिने जुक्ति पनि पाएका छौ, दैनिक हातमुख धुने पानी र भाँडा माझ्ने पानीलाई एकीकृत गर्दा तरकारी खेतीलाई सिँचाइ गर्न पुग्ने उहाँको भनाइ छ । 

यस्तै विगतमा डढेलोले खानेपानीका पाइप जलाउँदा मुहानमा पानी भए पनि धारा र घरका भाँडा खाली नै हुने गरेको अर्का स्थानीयवासी गोपाल अच्छामीले दुःखेसो सुनाउनुभयो । तर अहिले दातृ निकायको सहयोगले खानेपानी प्राप्त गरेका छौँ यसलाई टिकाइराख्न पनि उत्तिकै जिम्मेवार रहनुपर्ने उहाँले भन्नुभयो । अब खानेपानीलाई सदैव घरनजिकै आउने बनाउन खानेपानीका पाइप जमिनमा गाड्ने, खानेपानीका ट्याङकी सरसफाइ गर्नेसँगै खानेपानीका मुहान सदैव सुरक्षित बनाउने योजना बनाइएको अच्छामीले बताउनुभयो । 

यस्तै बर्खायाममा खानेपानी बिग्रन सक्ने भएकाले मर्मत तथा सम्भार कोषको स्थापना गरिने जानकारी दिँदै उहाँले भन्नुभयो, “अब हरेक घरधुरीबाट मासिक थोरै रकम जम्मा गर्ने र पानी पाले राख्नेछाँै, पैसा दिन सक्नेले पैसा दिनेछन् नसक्नेले अन्न दिने र त्यही अन्न बेचेर पैसा बनाई कोषमा जम्मा गर्नेछौँ ।” 

विगतमा उपभोक्ताकै बुद्धि नपुग्दा खानेपानीको हाहाकार भएको उहाँले बताउनुभयो । अव सुनकोसीमा सिनो पन्छाएर गाग्रीमा पानी भर्नुपर्ने बाध्यताको अन्त्य भएको उहाँको भनाइ छ । 

स्थानीयवासी देवी श्रेष्ठ विगतमा बिहानभर पानीको चहारीमा बित्ने गरेको र विगतमा खानेपानीका समस्याको स्मरण गर्दै विद्यालयबाट छोराछोरी घरैमा पानी खान आउनुपर्ने समस्याको अन्त्य भएको उहाँले भन्नुभयो । पहिले साना बच्चालाई बोतलमा पानी पठायो, बोतलै हराएर आउने, तिर्खा लागेको समयमा घर आउन बाध्य थिए अब त मङ्गला मावि घोक्सिलामा खानेपानीको अभावबाट अहिले मुक्त भएको छ । 

कारितास इन्टरनेसनल नेपालको सहयोग र रिलिफ नेपालको साझेदारीमा तीनवटा खानेपानी आयोजना निर्माण सम्पन्न भएका र तीनवटा अब निर्माण हुने रिलिफ नेपालका इन्जिनियर तथा कार्यक्रम संयोजक राकेशरत्न यादवले जानकारी दिनुभयो । 

उहाँका अनुसार रु नौ लाख २४ हजारमा घोक्सिला खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । सो आयोजनाबाट त्यस क्षेत्रका एकसय १६ घरधुरी र एक विद्यालयलाई पानीको सुविधा उपलब्ध गराइएको छ जसमा सातवटा नयाँ धारा निर्माण गरिएको र १० वटा धारा मर्मत गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का