१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

पत्रकार लामालाई ज्यान मार्ने धम्की दिने सुकमाया विरुद्ध उजुरी

१३ चैत्र २०७३, आईतवार ०९:५४

बिमल धामी/चैत १३, कञ्चनपुर । जिल्लाको दक्षिणी क्षेत्र पुनर्वासमा बिगत ७ वर्षदेखि पत्रकारिता गर्दै आएका रञ्जित लामालाई एक्कासी ज्यान मार्ने धम्की आएको छ । समाचारको विषयलाई लिएर पत्रकार लामालाई शुक्रवार फोनबाट ज्यान मार्ने धम्की आएको हो । 

धम्की दिने पुनर्वास नगरपालिका–१२, आई.बी.आर.डी. की अन्दाजी ४० वर्षीय काली भनिने सुकमाया मोक्तान रहेका छन् । पत्रकार लामाले आफुलाई शुक्रबार ९८०९४६११६१ नम्बरको मोवाईलबाट मोक्तानले ज्यान मार्ने धम्की दिएको बताए । ‘मलाई मोक्तानले यो टेलिफोन नम्बर प्रयोग गरेर पुनर्वास आए ज्यान मार्ने धम्की दिइकी हुन्, ‘उनले भने, ‘म कानूनी प्रकृयामा जान्छु ।

पत्रकार लामाले आफ्नो ज्यानको सुरक्षाका लागि पत्रकार महासंघ कञ्चनपुरलाई आईतबार ध्यानाकर्षण गराउँदै मोक्तानबिरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता समेत गरेका छन् । 

नेपाल पत्रकार महासंघ कञ्चनपुरका सदस्य समेत रहेका पत्रकार लामाले पत्रकार महासंघ कञ्चनपुर शाखामा ज्यान मार्ने विषयमा निवेदन दिएपछि महासंघ कञ्चनपुरले समेत घटनामा गम्भीर भएको जनाएको छ । 

नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णू अवस्थीले समाचारकै विषयलाई लिएर पत्रकारलाई ज्यान मार्ने धम्की दिनु गलत भएको टिप्पणी गर्दै समाचारमा केही त्रुटी भए सम्बन्धित पत्रकार र सञ्चार माध्यम बिरुद्ध सम्बन्धित निकायमा कार्बाहीका लागि उजुरी दिन सकिने प्रावधान भएपनि पत्रकार लामालाई फोन मार्फत धम्की दिने कार्यको महासंघ घोर बिरोध गर्दछ ।’ उनले भने, ‘कानून हुँदा हुँदै कानुनको बिरुद्धमा जाने जो सुकैलाई पनि कार्बाही गर्नुपर्छ ।’ उनले भने ।

हेलो पुनर्वास साप्ताहिकका सम्पादक÷प्रकाशक र सेती समाचार दैनिक धनगढीका कार्यकारी सम्पादक समेत रहेका लामाको घर पनि पुनर्वास नगरपालिका–१२, आई.बी.आरडी. मै हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी नैनसिंह कार्कीले पत्रकार लामालाई धम्की दिने बिरुद्ध कार्बाही थालिने बताए । डिएसपी कार्कीले दोषीलाई कार्बाही गरिने बचन दिए ।

 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का