टेक शाही/चैत २५, डोल्पा । बैशाख ३१ मा हुने स्थानिय तह निर्वाचनको लागि निर्वाचन शिक्षा कार्यकर्ता एवम मतदाता स्वयम सेवकहरुलाइ २ दिने प्रशिक्षण तालिम शुक्रबार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/चैत २५, डोल्पा । बैशाख ३१ मा हुने स्थानिय तह निर्वाचनको लागि निर्वाचन शिक्षा कार्यकर्ता एवम मतदाता स्वयम सेवकहरुलाइ २ दिने प्रशिक्षण तालिम शुक्रबार"/>

2026-10-29 05:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा निर्वाचन शिक्षा कार्यकर्ता प्रशिक्षण तालिम सूरु


टेक शाही/चैत २५, डोल्पा । बैशाख ३१ मा हुने स्थानिय तह निर्वाचनको लागि निर्वाचन शिक्षा कार्यकर्ता एवम मतदाता स्वयम सेवकहरुलाइ २ दिने प्रशिक्षण तालिम शुक्रबारबाट सूरु भएको छ । डोल्पा जिल्लामा ६ वटा गाँउपालिका र २ नगरपालिका गरि ८ वाटा स्थानिय तहमा कुल ६५ वटा वडापालिका रहेका छन भने ६६ वटा मतदान केन्द्रहरु हरेका छन । उक्त ६६ वटा मतदान केन्द्रका लागि ६६ वटा निर्वाचन शिक्षा कार्यकर्ता एवम मतदाता स्वयम सेवकहरु छनौट गरि प्रशिक्षण दिन लागेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जानकारि दिएको छ । 

जिल्लाका ६६ वटा मतदान केन्द्रमा २२ जना सामाजिक परिचालिका,२६ जना ईसिडि सहयोगि कार्यकर्ता,१७ जना शिक्षक र १ जना महिला स्वास्थ्य स्वयम सेबिका गरि ६६ वटा मतदान केन्द्रमा निर्वाचन शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयम सेवक छनौट गरेको छ । 

 निर्वाचन शिक्षा कार्यकर्ता एवम मतदाता स्वयम सेवकहरुले जिल्लाका हरेक मतादान केन्द्रमा गएर प्रत्यक मतदातालाइ मतपत्र कस्तो हुन्छ मतदान कसरि गर्ने मतदानको बेलामा लाइनमा कसरि बस्ने भन्ने बिषयमा जानकारि गराउने र हरेक मतदान केन्द्रमा अस्थायि मदतान पनि गराइ मतदातालाइ क्ष्मताबान मतदाता बनाउन सहयोग गर्न निर्वाचन शिक्षा समन्वय समितिका सँयोजक प्रमूख जिल्ला अधिकारि केशब राज आचार्यले सबैलाइ दिर्नेशन दिनु भयो । 

 निर्वाचन शिक्षा कार्यकर्ता एवम मतदाता स्वयम सेवकहरुले २ दिने तालिम लिए पछि यहि चैत्र २८ गते देखि एक महिनाको नियूक्ति लियर हरेक मतदान केन्द्रमा जाने छन । सके जतिको नमुना मतपत्र सहित अन्य आबास्यक सामाग्रिहरु दिएर मतदान केन्द्रमा पठाउने जिल्ला निर्वाचन अधिकारि राम बहादुर बुढाले बताउनु भयो ।  निर्वाचन शिक्षा कार्यकर्ता एवम मतदाता स्वयम सेवकहरुले मतदान केन्द्रमा गएर मतदातालाइ मतदान सम्बनधी जानकारि गराउनु पर्ने छ । यति कसैले कुनै पनि राजनितिक दलको चिन्हको बारेमा मतदातालाइ सिकाएको पाइएमा तत्काल कारवाहि गरि पाउने सेवा रद्ध गरिने प्रमूख जिल्ला अधिकारि आचार्यले बताउनु भयो भने प्रशिक्षण भोली सकिने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने