पढ्न करिब 2 मिनेट लाग्छ

टेक शाही/चैत ३०, डोल्पा । डोल्पामा टेलीकमको चिमराको लेकमा रहेको रेडियो लिकँमा समस्या आए पछि हालको ठुली भेरि नगरपालिका र त्रिपूरा सुन्दरी नगरपालिकामा २७ घण्टा भन्दा बढि समय सञ्चार सेवा बन्द भएको थियो ।

नेपाल टेलीकमले बितरण गरेको नमस्ते मोबाइल,सिडिएमए फोन र एडिएसएल इन्टरनेट सेवा सोमबार बिहान देखि बन्द हुदा ग्राहाक मर्कामा परेका छन । सोमबार बिहान ११ बजे पछि चिमराको लेकमा रहेको नेपाल टेलिकमको रेडियो लिकँको टावरमा समस्या आए पछि मोबाइल र इन्टरनेट सेवा बन्द भएको हो । हालका २ वटा नगरपालिकामा सँचार बिहिन भए पछि हजारौ सेवाग्राहिहरु मर्कामा परेका हुन । तर ल्यानलाइन रेडियो लिँकबाट जडित नँभएको कारण ल्यानलाइन भने सुचारु नै रहेको छ ।

डोल्पामा ६ वटा नमस्ते मोबाइल टावरका बिटिएस राखिएका छन । उक्त ६ वटा मध्य हालका २ वटा नगपालिका भित्र रहेका २ वटा टावरका बिटिएस रेडियो लिकँमा जडित रहेका छन । चिमराको लेखमा समस्या आए पछि इन्टरनेट र मोबाइल सेवा बन्द भए पछि बैँक देखि आइएमइ सञ्चालकहरु सबै भन्दा धेरै मर्कामा परेका हुन ।

स्थानिय तहको निर्वाचनको माहोल ताति रहेको बेलामा २ दिन बित्न लाग्दा पनि मोबाइल र इन्टरनेट सेवा सुचारु नँभए पछि नेता देखि कार्यकर्ताहरु आक्रोसित रहेका छन । त्यसै गरि सदरमुकाम दुनैमा रहेका सरकारी तथा गैर सरकारी कार्यालयका अधिकाँश कामहरु प्रभाबित भएका छन । क्म्पूटरको जमानामा हातले लेख्न बाध्य रहेको सरकारी कार्यालयका कर्मचारिहरु बताउनुहुन्छ । भने अनलाइन रिपोट देखि दैनिक इमेल आदान प्रदान गर्ने गैरसकारि कार्यालयका कर्मचारिहरुलाइ समेत काम गर्न नँसकेको कर्मचारिहरु बताउछन ।

दैनिक लाखौको कारोबार गर्ने नेपाल टेलीकमले लाखौको घाटा ब्यहोरेको छ । त्यसै गरि सुचनाको मूख्य साधन मोबाइल र इन्टरनेट भएको कारण दुबै सेवा एकै पटक जाँदा उकुस मुकुस भएको र बिना काममा कार्यालयमा बस्नु परेको कर्मचारिहरु सुनाउछन ।