पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>चैत ३०, लहान ।</b> लागुऔषध गाँजासहित सिरहाको गोलबजार क्षेत्रबाट आज प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । <br></p><p>इलाका प्रहरी कार्यालयको टोलीले बोरामा गाँजा प्याक गरिरहेको अवस्थामा १५ किलो गाँजासहित मुक्सारबाट स्थानीय नेमचन साह तेली र उदयपुर रिस्कु–२ निवासी प्रेमवहादुर राईलाई पक्राउ गरेको हो । </p><p>गाँजा बोरामा प्याकिङ गरी निकासीको तयारी गरिरहेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मुक्सारस्थित छत्रबहादुर राईको गोठबाट बोरामा गाँजा प्याकिङ गरिरहेकै अवस्थामा ती दुवै जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक राजेन्द्रकुमार उपाध्यायले जानकारी दिनुभयो । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जनाइएको छ । रासस </p>

