२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुमको सहरी स्वास्थ्य केन्द्रबाट स्थानीय र पर्यटक लाभान्वित

७ बैशाख २०७४, बिहीबार ०५:४०

बैशाख ७, वैशाख । पर्यटकीय क्षेत्र तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रको चौकीबजारमा सहरी स्वास्थ्य केन्द्र स्थापना भएपछि यस क्षेत्रका बासिन्दाका साथै यस क्षेत्रमा घुम्न आउने पर्यटक पनि लाभान्वित भएका छन् । 

तेह्रथुमको म्याङलुङ र सङ्खुवासभाको मादी नगरपालिकाको सीमा क्षेत्रमा अवस्थित चौकीबजारका बासिन्दाको मागबमोजिम गत बर्ष जेठदेखि सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङको सीमामा पर्ने यस क्षेत्रमा पूर्वी तराईका जिल्लाहरुका आन्तरिक पर्यटक र भारत लगायतका अन्य विदेशी पर्यटकहरु पनि गुराँस फुलेको मनमोहक दृश्य हेर्न आउने गर्दछन् । 

साधारण उपचारका लागि समेत ४ देखि ६ घन्टासम्म पैदल हिँड्न बाध्य स्थानीयवासी तथा पर्यटक भरपर्दो उपचार लिन ५ घन्टा दूरीको वसन्तपुर र अझ टाढाको धरानसम्म पुग्न बाध्य थिए । तर चौकीबजारमै सहरी स्वास्थ्य केन्द्र खुलेपछि स्थानीयवासीलाई जटिल समस्या बाहेकको सामान्य अवस्थामै टाढाका स्वास्थ्य संस्था धाउन नपर्ने भएको छ । उनीहरुको त्यही समस्यालाई ध्यानमा राखेर जिल्ला अस्पताल सङ्खुवासभाले स्वास्थ्य केन्द्र स्थापना गरेको केन्द्रका इन्चार्ज अहेब खगेन्द्र घिमिरेले बताउनुभयो । 

स्वास्थ्य केन्द्रबाट सामान्यतः स्वास्थ्य चौकीबाट उपलब्ध हुने सबै सेवासुविधा दिइरहेको उहाँले बताउनुभयो । केन्द्र स्थापना भएपछि मादी नगरपालिका–१ र २ तथा तामाफोक–१ र २ का चौकीबजारसहित उम्लिङ, मनामसिंह, मविर, अरिहाङ, ताङपुर, आहालडाँडालगायत बस्तीका डेढ सयभन्दा बढी घरधुरी लाभान्वित भएका छन् । 

केन्द्र स्थापना भएपछि सिटामोलकै लागि दिनभर पैदल धाउनुपर्ने बाध्यता हटेको स्थानीयवासी लीलाबहादुर खत्रीले बताउनुभयो । स्वास्थ्य केन्द्रमा खोप सेवा, परिवार नियोजन सेवा, सुरक्षित मातृत्व सेवा, पखाला, निमोनिया, क्षयरोग, कुपोषण, मलेरियाको समेत सामान्य उपचार हुने गर्दछ । केन्द्रमा हाल एक अहेब र एक अनमी कार्यरत छन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य